maoist-office_20141207082532माघ १५, काठमाडौ । एकीकृत नेकपा माओवादी केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठकमा पछिल्लो राजनीतिक अवस्थाको विश्लेषण, आफू नेतृत्वको मोर्चाको आन्दोलन, संविधान निर्माणमा पार्टीको भूमिकालगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

नेता अग्निप्रसाद सापकोटाले समसामयिक राजनीतिक अवस्थाका बारेमा छलफल हुने बताउनुभयो । बैठक दिउँसो १ बजे पार्टी कार्यालय कोटेश्वरमा बस्नेछ । यसैबीच विपक्षीहरुको वार्तामा नजाने अडानका कारण वार्ताको जिम्मा पाउनु भएका प्रधानमन्त्री सुशिल कोइरालाले छलफल र वार्ता अघि बढाउन सकेका छैनन्।

सम्बन्धित खबरहरु