माघ १५, उदयपुर । उदयपुरका उत्तरि आधा दर्जन गाबिसमा खानेपानीको चरम अभाब देखिएको छ । जिल्लाको उत्तरि गाबिसहरु रुपाटार, ठानागाँऊ, बाँसबोटे, बाराहा, बलम्टा, ताम्लिछा लगायतका गाबिसहरुमा खानेपानीको चरम अभाब देखिएको हो । बर्षाको समयमा स्थानिय खोल्साहरुमा मुल फुट्ने गरेपनि हिउदको समयमा ति खोल्साहरु प्नि सुक्ने भएपछि खानेपानीको समस्या उत्पन्न भएकोे हो ।
हिउदको समयमा घर घरमा पुर्याएका धाराहरुमा पानी आउन छाडेपछि स्थानियबासि पानी लिनकै लागि २ देखि ३ घण्टाको बाटो हिडेर अयन्त्रै जान बाध्य बनेका छन् । पानी अभाबकै कारण बाराहा र बासबोटे गाबिसलाई घोषणा गरिएको खुल्ला दिशामुक्त गाबिस पनि प्रभाबित बनेको छ । खानेपानीकै अभाब भएपछि चर्पिमा हाल्ने पानीको समेत जोहो गर्न त्यहाका स्थानियबासिलाई समस्या परेको छ ।
नजिकै पानीको कुनै मुहान नभएपछि दैनिक २ देखि ३ घण्टाको पैदल हिडेर पानी लिन जानुपर्ने बाध्यता भएपछि स्थानियबासि र बिद्यार्थीहरुको दैनिकिमा समेत असर परेको छ । बिगत लामो समय देखि पानीको समस्या भोगिरहेका स्थानियबासिले समस्या समाधानका लागि स्थानिय प्रशासनसंग पटक पटक आग्रह गरेपनि स्थानिय प्रशासन तथा राजनैतिक दलहरुले बेवास्ता गरेको गुनासो गरेका छन् ।