काठमाडौं । बुधबार भारतका दुई प्रदेशमा भूकम्पको जोडदार धक्का महसुस गरिएको छ ।

यद्यपी, कुनै पनि मानवीय वा सम्पत्ति क्षति भएको छैन । हिमाचल प्रदेशको राजधानी शिमलामा बुधबार बिहान चार रेक्टर स्केलको भूकम्प गएको थियो ।

भूकम्पका कारण अहिलेसम्म कुनै पनि मानवीय वा सम्पत्तिको क्षतिको विवरण नआएको राज्य विपद् व्यवस्थापन विभागका एक अधिकारीले बताए ।

स्थानीय समयानुसार बिहान ९ बजेर ५८ मिनेटमा जिल्ला र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको उनले बताए ।

धेरै मानिसहरु डरले घरबाहिर निस्केका थिए । गुजरातको कच्छ जिल्लामा बुधबार ३.४ म्याग्निच्युडको भूकम्प गएको भएपनि कुनै पनि जनधनको क्षति नभएको जानकारी आएको छ ।

गान्धीनगरस्थित इन्स्टिच्युट अफ सिस्मिक रिसर्चका अनुसार दिउँसो १२:०५ बजे भचाउ नजिक भूकम्पको धक्का महसुस गरिएको थियो ।

भूकम्पको केन्द्रविन्दु भचाउबाट १२ किलोमिटर उत्तर–पश्चिममा १२ किलोमिटर गहिराइमा रहेको थियो ।

भूकम्पबाट कुनै मानवीय वा धनजनको क्षतिको विवरण नआएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कच्छ अत्यधिक उच्च जोखिम भूकम्पीय क्षेत्रमा अवस्थित छ । त्यहाँ नियमित रूपमा कम तीव्रताको भूकम्प जान्छ । यस जिल्लामा सन् २००१ जनवरीमा ६।९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो, जसले गर्दा धेरै जनधनको क्षति भएको थियो ।

 

सम्बन्धित खबरहरु