मोहन र सुनिताको रोमान्स समुद्र किनारमा ?

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार १५ माघ, २०७१

काठमाडौं । सन्चारकर्मि दयाराम घिमिरे पछिल्लो समय म्यूजिक भिडियो निर्देशन तिर लागेका छन् । उनी यतिबेला सानु एल्वममा समावेश केही गितका म्यूजिक भिडियोको छायांकन दुवइका बिभिन्न रमणिय स्थानमा गरिरहेका छन् । दुवइका बिभिन्न रमणिय स्थानमा छायांकन गरिएको म्यूजिक भिडियोमा मोहन बोगटी र सुनिता शर्माको अभिनय रहेको छ । दुवइ का बिभिन्न स्थानमा उनिहरुको रोमान्स भिडियोमा देख्न सकिने निर्देशक घिमिरे बताउछन् । बिदेशमा रहेका एक जोडि प्रेमि प्रेमिकाको कथा प्रस्तुत म्यूजिक भिडियोमा देखाउन खोजिएको छ । यस म्यूजिक भिडियोलाइ रबि बिक्रम थापाले खिचेका हुन् । हार्दिक मिडियाको प्रस्तुती एव संगितकार तेनहाङ राइको गिती एल्वम सानु मा समावेश यस गितमा आवाज राजेश पायल राइको रहेको छ भने शव्द राजेश बिद्रोहिको रहेको छ । केहि दिनमा यो गितको म्यूजिक भिडियो सार्वजनिक गरिने छ ।

सम्बन्धित खबरहरु

एकैदिन ९ जना मृत अवस्थामा फेला
  • शनिवार १० असोज, २०७७
दुर्घटनामा चार जनाको मृत्यु
  • शनिवार १० असोज, २०७७