काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा गत असारमा गैंडा मारी खाग चोरी लगेको घटनामा संलग्न रही फरार अभियुक्त चितवन कालिका नगरपालिका-२ घर भएका ४० वर्षीय राजन प्रजालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उनी काठमाडौं महानगरपालिका-१६ बनस्थलीमा लुकिछिपी रहेको भन्ने चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवनको प्राप्त पत्रको आधारमा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई बनस्थलीमा फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक कानुनी कारबाहीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय पठाइएको छ ।

कौडा खेलिरहेको अवस्थामा १३ जना पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका-६ रामहिटीस्थित प्रेम बहादुर भण्डारीको घरमा कौडा खेलिरहेको अवस्थामा प्रेम बहादुर समेत १३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त घरको तेस्रो तलामा जुवातास खेलाइरहेको भन्ने सूचनाको आधामा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ९७ हजार रुपैयाँ र १९ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित खबरहरु