पत्याउनुहुन्छ जहाँ सिंहले बोक्छ मानिस

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार १५ माघ, २०७१

एजेन्सी/ अर्जेन्टिनाको राजधानी ब्युनर्स आर्यसमा एउटा चिडियाघर छ, जहाँ पर्यटकलाई सिंहमाथि चढ्ने, बाघसँग बसेर फोटो खिच्नेसम्मको सुविधा छ । यो चिडियाघरमा अधिक मात्रामा सिंह र बाघ रहेका छन्, लुजान नामको यो चिडियाघर साहसी पर्यटकहरूको गन्तव्य बनेको छ । सिंहमाथि चढ्नका लागि पर्यटकलाई १६ सय रुपैयाँबराबरको शुल्क लाग्छ । चिडियाघरका अधिकारीका अनुसार सिंह तथा बाघजस्ता हिंस्रक जनावरलाई शान्त रहने ट्रेनिङ दिइएको हुन्छ ।

पशु अधिकारकर्मीहरूले भने सिंहमाथि सवारी गर्न, उनीहरूसँग फोटो खिचाउन बन्द गर्न माग गर्दै मुद्दा दर्ता गरेका छन् । उनीहरूले यी जनावरलाई लठ्याउन औषधि दिने गरिएको दाबी गरेका छन् ।

सम्बन्धित खबरहरु

दुई पुरुष मृत अवस्थामा फेला
  • शनिवार ३ असोज, २०७७
दुर्घटनामा ७ जनाको मृत्यु
  • शनिवार ३ असोज, २०७७