माघ १४, काठमाडौं । राष्ट्रिय लिग फुटबलमा थ्रीस्टार लगातार दोस्रो खेलमा विजयी भएको छ । दशरथ रंगशालामा बुधबार भएको खेलमा थ्रीस्टारले सूदुरपश्मिाञ्चल फुटबल क्लब कैलालीलाई ३–० ले हरायो ।
खेलको पहिलो हाफसम्म सूदुरपश्चिमाञ्चलले थ्रीस्टारलाई गोलरहित बराबरीमा रोकेपनि दोस्रो हाफमा ३ गोल खाएको हो । सूदुरपश्चिमाञ्चल आफ्नो पहिलो खेलमा पनि पराजित भएको थियो ।
थ्रीस्टारका लागि अमर डंगोलले २ तथा सन्तोष साहुखलले एक गोल गरे ।