सुनको सिक्री साढे पाँच किलोमिटर लामो

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार १५ माघ, २०७१

संसारकै सबैभन्दा लामो सुनको सिक्री दुबईमा प्रदर्शनार्थ राखिएको छ । दुबईमामा जारी दुबई सपिङ फेस्टिभलका अवसरमा साढे पाँच किलोमिटर लामो सिक्री प्रदर्शनार्थ राखिएको हो । सिक्री दुई सय ५६ केजी वजनको छ । यो सिक्रीमा २२ क्यारेटको सुन प्रयोग गरिएको थियो । फेस्टिभलमा संसारभरिका सञ्चारमाध्यमको ध्यान खिच्न यति लामो सिक्री बनाइएको हो । प्रदर्शन गरिएको यो चेन फेस्टिभल सकिएपछि विभिन्न भागमा काटेर बिक्री गरिनेछ । सिक्रीको टुक्रा खरिद गर्नेले आयोजकहरूकोमा गएर आफ्नो नाम बुकिङ गराउनुपर्छ ।

यो सिक्रीलाई गिनिज बुक अफ वल्र्ड रेकर्डले अहिलेसम्मकै सबैभन्दा लामो सिक्रीको संज्ञा दिइसकेको छ । दुबई गोल्ड एन्ड ज्वेलरी ग्रुप एसोसिएसनले दुबईका पाँचवटा ठूला ज्वेलरीहरूको सहयोगमा यो सिक्री बनाएको हो । यो सिक्री तीन दिनसम्म प्रदर्शनमा राखिनेछ । सिक्री बनाउन करिब सयजना मानिसलाई ४५ दिन लागेको थियो ।

सम्बन्धित खबरहरु

भारतमा भर्खरै भूकम्प
  • सोमबार ५ असोज, २०७७