गोरखा । दर्जनौँ स्थानीय नेताहरु विभिन्न पार्टी छाडेर एमालेमा प्रवेश गरेका छन् ।

गोरखाको गण्डकी गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरेर दर्जन बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

माओवादि र कांग्रस परित्याग गरी उनीहरु एमालेमा प्रवेश गरेका हुन् । नेकपा एमाले गण्डकी गाउँपालिका वडा नं ७ को पार्टी कमिटीले गरेको कार्यक्रमा उनीहरु एमालेमा प्रवेश गरेका हुन ।

पार्टी प्रवेश गर्नेमा राजन कार्की, बाबुलाल कार्की, सन्तोष कार्की, नरहरि अधिकारी, प्यारिलाल बिक, कल बहादुर बिक, राम बहादुर मगर, साने बिक, तुल बहादुर परियार, पहलमान परियार, स्याजिरा कार्की, टिकादत्त खनाल, कुमार कोईराला, पुष्प परियार र अरुन परियार लगायत रहेका छन ।

उनीहरुलाई एमाले केन्द्रीय सदस्य तथा गोरखा जिल्लाका ईन्चार्ज रामशरण बस्नेतले अबिर र खादा ओढाएर एमालेमा प्रवेश गराएका हुन् ।

 

सम्बन्धित खबरहरु