काठमाडौ । योग्य नभइ सवारी चालक बन्नु आफ्नै लागिपनि घातक हो । सवारीले आफूलाई मात्र हैन अरुलाई क्षति पुर्याउँछ ।

सडक दुर्घटनाको क्षति अकल्पनीयपनि हुन्छ । जसले समाज र देशलाई नै ठूलो क्षति पुर्याउँछ ।

तर नेपालमा अयोग्यले लाइसेन्स लिइरहेका छन् नियम निकायले नै अयोग्यलाई लाइसेन्स बाँडिरहेका छन् भन्ने कुरा यो तथ्यले प्रष्ट पारेको छ ।

यातायात कार्यालय, ललितपुरको रजिष्टर विचौलियाको साथबाट बरामद हुँदा यो तथ्य लुकाउन सक्ने ठाँउ छैन ।

महानगरीय प्रहरी परिसर, ललितपुरले ठगीको अनुसन्धान गर्ने क्रममा पक्राउ परेका विचौलियाको साथबाट यातायात कार्यालयको सवारी दर्ता किताब बरामद भएको हो ।

यति मात्र हैन तपाईले खरिद गर्दै गरेको सवारीको सवारी धनी किताबपनि नक्कली त पर्ने हैन चिन्ता थपिएको छ । उनले आफूखुशी सवारी किताब बनाएर दिएका छन् तर सवारी दिएका छैनन् । यसले अरुपनि यस्ता घटना कति भए भन्ने कुराले झस्काएको छ ।

ललितपुर प्रहरीका एसपी सिद्धिविक्रम शाहका अनुसार यातायात कार्यालयको रजिष्टरसहित विचौलिया मनोज बाँस्तोलालाई आइतबार शंखमुलबाट पक्राउ गरिएको छ ।

‘हुण्डाइको ग्राण्ड आई टेन कार विक्री गरिदिन्छु भनेर पैसा लिएर गाडी नदिएपछि उनीविरुद्ध ठगीको उजुरी परेको थियो’ एसपी शाहले भन्नुभयो, ‘उनले पीडितको नाममा सारिएको ब्लू बुक पनि दिएका थिए, तर गाडी दिएका थिएनन् ।’

यही विषयमा अनुसन्धान गर्दै जाँदा बाँस्तोलासँग सरकारी कागजातहरु नै भेटिएको शाहले बताउनुभयो । उहाँका अनुसार उनीसँग बरामद दुई रजिष्टरमा ११०९ र १६९० नम्बर लेखिएको छ । दोस्रो रजिष्टरमा ४५४० देखि ४६७९ सम्म २६ च लेखिएको छ ।

प्रहरीका अनुसार बाँस्तोलाविरुद्ध ८ लाख ५० हजार रुपैयाँ ठगी गरेको उजुरी छ । अब सरकारी लिखत कीर्तेमा पनि अनुसन्धान हुनेछ । सरकारी रजिष्टर कहाँबाट आयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

सम्बन्धित खबरहरु