काठमाडौं । झण्डै एक महिनादेखि जारी लडाँईमा रुसले १५ हजार नजिक सैनिक गुमाएको छ ।

युक्रेनी सैन्य अधिकारीहरूले आफ्नो सेनाले १४,७०० रुसी सैनिक मारेको बताएका छन् ।

युक्रेनमा रुसको आक्रमणको २५ औं दिन चलिरहेको छ ।

युक्रेनी सहर मारियुपोल, जापोरिझिया र राजधानी किभमा भिषण लडाई जारी छ ।

युक्रेनी सेना प्रमुखका कर्मचारीले गरेको फेसबुक अपडेटले अधिकारीहरूलाई उद्धृत गर्दै युक्रेनी सेनाले २५ दिनको लडाइमा १४,७०० रुसी सैनिक मारेको बताएको हो ।

यस अपडेटमा युक्रेनी सेनाले ठूलो संख्यामा रुसी सैन्य उपकरण पनि नष्ट गरेको दाबी गरिएको छ ।

जसमा ४७६ ट्याङ्क र २०० भन्दा बढी लडाकु विमान, हेलिकप्टर, ड्रोन रहेका छन् ।

यसबाहेक हतियार बोकेका १ हजार ४ सय ८७ सवारी साधन पनि नष्ट भएका छन् । तर, यसको पुष्टि गर्न सकिएको छैन । पश्चिमी देशका स्रोतका अनुसार रुसी सेनाले अहिलेसम्मको लडाइँमा धेरै नोक्सान व्यहोरेको छ ।

अमेरिकी रक्षा स्रोतहरूले यो लडाइँमा अहिलेसम्म कम्तिमा ७ हजार रुसी सैनिक मारिएको र २१ हजार घाइते भएको अनुमान गरेको छ ।

यसैगरी रुसको रक्षा मन्त्रालयले आफ्नो सेनाले युक्रेनमा रहेको सैन्य आधार शिविरमा दोस्रो हाइपरसोनिक मिसाइल आक्रमण गरेको जनाएको छ ।

अधिकारीहरूले दाबी गरेका छन् कि युक्रेनको दक्षिणी क्षेत्रमा रहेको इन्धन डिपो नयाँ किन्झाल मिसाइल प्रणालीबाट गरिएको आक्रमणमा ध्वस्त भएको छ ।

अधिकारीहरूले एक विज्ञप्तिमा भनिएको छ, ‘किन्जल हाइपरसोनिक ब्यालिस्टिक मिसाइलले माइकोलाइभ नजिकै ठूलो इन्धन र स्नेहक भण्डार नष्ट गर्यो । यो युक्रेन को सेना को लागी प्रयोग गरिन्छ ।’ तर रुसको यो दाबीलाई स्वतन्त्र रूपमा पुष्टि गर्न सकिएको छैन् ।

रुसले युक्रेनमा हाइपरसोनिक मिसाइल प्रयोग गरेको दाबी गरेको यो पहिलो पटक होईन् । रुसी अधिकारीहरुका अनुसार किन्जल मिसाइलले दुई हजार किलोमिटर टाढासम्मको लक्ष्यमा प्रहार गर्न सक्छ ।

यो मिसाइल प्रतिघण्टा ६ हजार किलोमिटरभन्दा बढीको गतिमा निशानामा पुग्न सक्छ । रुसले यो मिसाइल अत्याधुनिक वायु रक्षा प्रणालीलाई चकित पार्न सक्ने र यसलाई खसाल्न सजिलो नभएको दाबी गर्दै आएको छ ।

 

सम्बन्धित खबरहरु