काठमाडौं । साउदी अरबको दक्षिणी क्षेत्रमा धेरै आक्रमण गरिएको छ । हुथी विद्रोहीले शनिबार आक्रमण गरेका हुन् ।

सरकारी तेल कम्पनी अरामकोको एक इकाईलाई पनि निशाना बनाइएको जानकारी दिइएको छ ।

समाचार एजेन्सी एफपीका अनुसार यमनमा विद्रोहीसँग लडिरहेको साउदी नेतृत्वको गठबन्धनले आक्रमणको जानकारी दिँदै विज्ञप्ति जारी गरेको छ ।

यद्यपी यस हमलामा कुनै पनि जनधनको क्षति भएको छैन । साउदी प्रेस एजेन्सी (एसपीए) का अनुसार विद्रोहीहरूले चार ड्रोन आक्रमण गरेका थिए ।

हुथी विद्रोहीहरूले यस क्षेत्रमा ड्रोन र मिसाइल आक्रमणहरू जारी राखेका छन् । अराम्कोबाहेक, विद्रोहीहरूले अल–जनबको पावर स्टेशन अल–शकिकमा रहेको डिसेलिनेशन प्लान्टमा पनि आक्रमण गरेका थिए ।

सामाजिक सञ्जालमा केही भिडियो र तस्बिरहरू पोस्ट गरिएको छ, जसमा अग्निनियन्त्रकहरूले आगो निभाउँदै गरेको देखिन्छ ।

चौथो लक्ष्य खामिस मुशैतको ग्यास स्टेशन रहेको थियो । यद्यपि, आक्रमणपछि यी ड्रोनहरूलाई यमन नजिकै रोकेर खसालिएको थियो ।

यसअघि मार्च १० मा साउदीको राजधानी रियादमा रहेको तेल प्रशोधन केन्द्रमा पनि हुथी विद्रोहीले ड्रोनबाट आक्रमण गरेका थिए ।

यो हप्ता मात्रै, हुथी विद्रोहीहरूले यमन संकटमा वार्ताका लागि छ खाडी देशहरूको प्रस्तावलाई अस्वीकार गरिसकेका छन् ।

 

सम्बन्धित खबरहरु