काठमाडौं । चर्चित रियालिटी शो लक अपमा प्रतियोगीहरूले आफ्नो व्यक्तिगत जीवनसँग सम्बन्धित धेरै ठूला खुलासा गरिरहेका छन् ।

करण मेहराकी पूर्वपत्नी निशा रावलले पनि आफ्नो निजी जीवनसँग जोडिएको एउटा ठूलो रहस्य खुलाएकी छिन् ।

निशा रावलले करण मेहरासँग विवाहपछि पनि आफूले अर्कै व्यक्तिलाई मन पराउन थालेकी बताएकी हुन् ।

निशा रावलले आफ्नो गोप्य कुरा शोमा खुलाएकी हुन् । उनले बताइन् कि २०१२ मा उनको करण मेहरासँग विवाह भएको थियो । त्यसको दुई वर्षपछि अर्थात सन् २०१४ मा मेरो गर्भपतन भयो ।

उनीहरुले पाँच महिनाको बच्चा फालेका थिए । उनी भन्छिन्, ‘म हिंसात्मक सम्बन्धमा थिएँ । जब मेरो बच्चाको पाँच महिनामा गर्भपात भयो, यो मेरो लागि ठूलो धक्का थियो । मेरो शरीर र दिमागमा धेरै कुरा चलिरहेको थियो ।

यो घटनाले मेरो मन भाँचिएको थियो । त्यही क्रममा हामी नयाँ घरमा सर्यौँ । त्यो घर नजिकै एउटा पुरानो साथी थियो । हामी धेरै वर्षदेखि एकअर्कासँग सम्पर्कमा थिएनौं । त्यसैले उसँग मैले कुरा गर्न थालेँ ।’

निशा रावल थप भन्छिन्, ‘मैले साथीसँग शारीरिक शोषणको कुरा बाहेक सबै कुरा साझा गरेको थिएँ । करण मेहरालाई जब हामी दुवैजना भेट्थ्यौं त्यसको बारेमा थाहा हुन्थ्यो । म साथीसँग नजिक हुन थालेँ ।

म कतै न कतै उनीप्रति आकर्षित हुन थालेको थिएँ ।’ वैबाहिक सम्बन्धमा आफूले पाउनुपर्ने माया नपाएको उनको गुनासो रहेको छ ।

सोही क्रममा उनले करणसँग विवाह सम्बन्धमा रहँदा आफ्नो साथिलाई चुम्बन गरेको कुराको खुलासा गरेकी हुन् । उनले भनिन्, ‘मैले यो कुरा मेरो पूर्व पतिसँग पनि साझा गरें ।

त्यो समयमा मैले महसुस गरें कि हाम्रो सम्बन्ध टुटेको छ ।’ करणसँग उनले सन् २०२१ मा सम्बन्ध विच्छेद गरेकी थिइन् । अभिनेत्री निशा अहिले एकल आमाका रुपमा बस्दै आएकी छिन् ।

सम्बन्धित खबरहरु