काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २ घण्टा मात्रै सुत्ने गरेका छन् ।

भारत, महाराष्ट्रका भारतीय जनता पार्टी प्रदेश अध्यक्ष चन्द्रकान्त पाटिलले प्रधानमन्त्री मोदी दुई घन्टा मात्रै सुत्ने गरेको खुलासा गरेका हुन् ।

उनका अनुसार मोदी भारतका लागि २४ घण्टा काम गर्न सकौँ भनेर एक नयाँ प्रयोग गरिरहेका छन् ।

महाराष्ट्र भाजपा अध्यक्ष चन्द्रकान्त पाटिलले कोल्हापुरमा एक कार्यक्रममा पार्टी कार्यकर्ताहरूलाई सम्बोधन गर्दै यस्तो बयान दिएका हुन् ।

उनले भने, ‘प्रधानमन्त्री मोदी दुई घण्टा मात्र सुत्छन् र हरेक दिन २२ घण्टा काम गर्छन् ।’ उनले मोदी सुत्नु नपर्ने गरी हरेक मिनेट देश सेवा गरिरहन नयाँ प्रयोग गरिरहेको दाबी पनि गरेका छन् ।

पाटिलले बताए अनुसार नसुतेर मोदी २४ घण्टा भारतको सेवामा लाग्न चाहान्छन् । मोदी एक मिनेट पनि समय बर्बाद गर्दैनन् ।

समाचार एजेन्सी पीटीआईको रिपोर्टका अनुसार, भाजपा नेताले प्रधानमन्त्री मोदीले धेरै प्रभावकारी रूपमा काम गर्ने बताए ।

भारतका सबै राजनीतिक दलहरूमा के भइरहेको छ भन्ने कुरा उनलाई जानकारी भएको पनि उनले जानकारी गराए ।

 

सम्बन्धित खबरहरु