काठमाडौं । एक चर्चित अभिनेत्रीको मृत्यु भएको छ ।

दक्षिण भारतीय चलचित्र जगतबाट एउटा अत्यन्तै दुःखद खबर आएको हो ।

चर्चित तमिल अभिनेत्री गायत्रीको आज सडक दुर्घटनामा निधन भएको छ । रिपोर्टका अनुसार अभिनेत्री आफ्ना साथीसँग होली पार्टी मनाएर कारमा घर आउँदै थिइन् ।

त्यसपछि उनको कार नियन्त्रण बाहिर गएर हैदरावादको गचिबोलीमा डिभाइडरमा ठोक्कियो । जसकारण गायत्री गम्भीर घाइते भएकी थिइन् । गायत्रीको घटनास्थलमै मृत्यु भएको हो ।

गायत्री २६ वर्षकी थिइन् । गायत्रीको निधनले सिंगो टलिउड स्तब्ध भएको छ । उनका फ्यानहरु पनि निकै दुखी छन् ।

गायत्री अर्थात् डोली होली पार्टी सकेर साथीसँग कारमा फर्कदै थिइन् । उनका साथी रोहितले कार चलाइरहेका थिए तर नियन्त्रण बाहिर गएर डिभाइडरमा ठोक्किएको हो ।

गायत्रीको घटनास्थलमै मृत्यु भयो । रोहितलाई अस्पताल लगियो । तर, चिकित्सकले पनि बचाउन सकेनन् । यसै क्रममा अर्की एक महिलाको मृत्यु भएको छ । रिपोर्टका अनुसार तिब्र गतिमा रहेको कार पहिले इला होटल बाहिर बिरुवामा पानी हाल्दै आएकी महेश्वरीसँग ठोक्किएर पल्टिएको थियो ।

जसका कारण गायत्री र उनका साथी रोहित गम्भीर घाइते भएका थिए । महेश्वरीको घटनास्थलमै मृत्यु भएको थियो । केही समयपछि गायत्रीको पनि मृत्यु भयो । उपचारका क्रममा उनका साथी रोहितको पनि मृत्यु भैसकेको छ ।

साइबराबाद ट्राफिकका अतिरिक्त प्रहरी उपायुक्त पी नवीन कुमारले भने, ‘रोहित र गायत्री शुक्रबार राति होली पार्टीबाट फर्कने क्रममा उनीहरूको कार दुर्घटनामा परेको थियो। हामीले रगतको नमूना लिएका छौं। चालकले मादक पदार्थ सेवन गरेका थिए कि थिएनन् भनेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।’

दुवैले तीव्र गतिमा फोर्ड इको स्पोर्ट कार चलाउँदै गर्दा माली एन महेश्वरीलाई ठक्कर दिएको पी नवीन कुमारले बताए । त्यसपछि कार पल्टिएर डिभाइडरमा ठोक्कियो ।

गायत्री अर्थात् डोली डे क्रुज वेब सिरिज म्याडम सर म्याडम एन्टेबाट लोकप्रिय भएकी थिइन् ।

गायत्रीले आफ्नो युट्युब च्यानल जलसा रायडुबाट लोकप्रियता पाइन् । उनी सामाजिक सञ्जालमा पनि निकै सक्रिय थिइन् । सामाजिक सञ्जालमा पनि उनको राम्रो फ्यान फलोइङ रहेको थियो ।

गायत्रीको मृत्यु उनको साथी र सह–अभिनेता सुरेखा वाणीले साझा गरेकी थिइन्, जसले शोमा उनकी आमाको भूमिका निर्वाह गरेकी थिइन् ।

उनले लेखेका छन्, ‘तिमीले हामीलाई यति चाँडो कसरी छोड्न सक्छौ, हामीले सँगै राम्रो समय बिताएका छौं ।

म विश्वास गर्न सक्दिँन, के तपाईं चाँडै फर्कन सक्नुहुन्छ ? हामी सँगै पार्टी गर्नेछौं । तपाईसंग साझा गर्नको लागी धेरै छ । छिट्टै आउनु होला । तिमीलाई सधै माया गर्छु ।’

सम्बन्धित खबरहरु