काठमाडौ । नेपाल र फिलिपिन्सको दक्षिणपूर्व प्रशान्त महासागरमा अवस्थित देश गणतन्त्र पलाउबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।
यो सँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध भएका देशको सङ्ख्या १७४ पुगेको छ ।
कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्तपत्रमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र उक्त विश्व संस्थाका लागि गणतन्त्र पलाउका स्थायी प्रतिनिधि इलाना भिक्टोरिया सेडले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा सोमबार आयोजित एक सङ्क्षिप्त समारोहमा हस्ताक्षर गर्नुभयो ।
आजका चर्चित पोष्टहरु पढ्न लिंक क्लिक गर्नुहोस् ।
- अभिनेत्री निशाले खुलाइन् श्रीमानसँगै हुँदा अरुसँगको सम्वन्ध देखि ५ महिनाको गर्भपतनसम्म
- आमालाई मार्न साथीलाई १ लाखको सुपारी, हत्यापछि जबरजस्ती करणी
- नगरपालिकाको कागजात अख्तियारले नियन्त्रणमा
- यी चर्चित ७ सेलिब्रेटी कसैको पोर्न फिल्म त कसैको एमएमएस लिक
- रुस – युक्रेन युद्धको २५औं दिन जे भयो [ भर्खरैका ताजा अपडेटसहित ]
- चमत्कारी धान : चीसो पानीमा पाक्छ चामल, किसानको कमाइमा बरदान सावित
- सयौँ मानिसको भीडमा कार गुडाइयो : ६० जना घाइते, ६ जनाको घटनास्थलमा मृत्यु
दुवै देशका राजदूतले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाबारे जानकारी गराउने संयुक्तपत्रमा पनि हस्ताक्षर गर्नुभएको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले आज जनाएको छ ।
त्यस अवसरमा दुवै राजदूतले दुई देशको पारस्परिक हितका लागि राष्ट्रिय तथा बहुपक्षीय एवं विशेषगरी संयुक्त राष्ट्रसङ्घका मञ्चहरूमा द्विपक्षीय सहयोगलाई सुदृढ बनाउन साझा हितका विभिन्न विषयमा विचारविमर्श गर्नुभएको थियो ।
गणततन्त्र पलाउ १५ डिसेम्बर १९९४ मा १८५औँ सदस्य राष्ट्रको रूपमा संयुक्त राष्ट्रसङ्घमा सामेल भएको हो ।