(रासस/सिन्ह्वा) : जापान सरकारले केही समयदेखि लगाउँदै आएको कोभिड विरुद्धको प्रतिबन्धहरुलाई यहाँका १८ वटा जिल्लामा फुकुवा गरेको जनाएको छ ।

जापानमा पछिल्लो समयमा कोभिडको संक्रमण बढ्दै गएपछि यसका विरुद्ध अपनाउनुपर्ने मापदण्डका रुपमा प्रतिबन्धहरु लगाइएको थियो ।

जापान सरकारले यहाँका ४७ प्रिफेक्चरमध्ये १८ वटाका यस्ता प्रतिबन्धहरुलाई हटाएको जनाएको समाचारमा बताइएको छ ।

आजका चर्चित पोष्टहरु पढ्न लिंक क्लिक गर्नुहोस् ।

यसरी प्रतिबन्धहरु हटाइएका प्रिफेक्चरहरुमा टोकियो र ओसाका पनि रहेका छन् । यहाँ गएको जनवरी ८ देखि यस्ता प्रतिबन्धहरु लगाइएको थियो ।

आज मंगलबारदेखि यहाँका अधिकारीहरुले १८ प्रिफेक्चरमा यस्ता प्रतिबन्धलाई हटाएको जनाएको हो ।

यहाँका नागरिकलाई सार्वजनिक स्थलमा धेरै जम्मा हुन तथा होटल रेष्टुरेन्टहरु सञ्चालन गर्न पनि सीमित संख्याका ग्राहकमा मात्र दिइएको थियो । तर अहिले ती सबै प्रतिबन्ध हटाइएको छ ।

यहाँ अब नागरिकहरु ठूलो संख्यामा जम्मा हुने र आफ्ना व्यवसायहरु सञ्चालन गर्न पाउने भएका छन् ।

बाँकी प्रिफेक्चरहरुमा भने कोभिड १९ को संक्रमण कायमै रहेकाले अहिले प्रतिबन्ध नै कायम राखिएको छ । आगामी केही दिनसम्म यस संक्रमणको अवस्था हेरेर मात्र ती स्थानमा पनि प्रतिबन्धहरु हटाउन सकिने सरकारले जनाएको छ ।

यससम्बन्धि साथै अरु रोचक र चर्चित भिडियोहरु हेर्न चाहानुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् । विना कुनै इन्टरनेटको खर्चमा भिडियो अपलोड गर्नासाथ फ्री हेर्न च्यानल subscribe गर्नुहोला । नजिकै रहेको bell icon मा थिच्नुहोला ।

सम्बन्धित खबरहरु