मुलुक संघीय संरचनामा रुपान्तरण भइसकेपछि साहित्यले पनि साेही अनुरुप आफ्नो क्षेत्रलाई थप फराकिलाे बनाउने अवसर पायाे।

यसै सन्दर्भमा धेरै गाउँ तथा नगर गीतहरू जन्मिए। याे स्वभाविक पनि थियाे र याे पहिचानकाे दृष्टिले राम्राे पक्ष पनि हाे ।

यति हुँदाहुँदै पनि समग्रमा धेरै कमजाेरी हुन सक्छन् तर त्याे समग्र विश्लेषणकै पाटाे हाे र समयसन्दर्भमा त्यसमाथि शाेध अनुसन्धान हुने नै छन्। यहाँ भने एउटा नगरकाे छायाङ्कन हुँदै गरेकाे नगर गीत विवादमा तानियाे; जसलाई विविध पाटाबाट पर्गेल्ने जमर्काे गरिएकाे छ।

नेपालकाे मुटु राजधानी काठमाडाैँकाे एउटा नगरकाे नाम हाे तारकेश्वर नगरपालिका, जुन नगरले २०७५ सालमा स्थानीय पाठ्यक्रम लागू गर्ने क्रममा “हाम्राे तारकेश्वर” नामक पाठ्यपुस्तक प्रकाशन गर्याे । उक्त पाठ्यपुस्तकमा नगर गीत भनेर प्रकाशित भएकाे कवि दिनेश पाण्डेयद्वारा लेखिएकाे नगर गीत यसप्रकार छ:
नगर गीत

प्रस्तुत नगर गीत तारकेश्वर नगरपालिकाका नगरप्रमुख, उपप्रमुख समेतकाे उपस्थितिमा मिति २०७६ जेठ ३२ गते बसेकाे नगरकार्यपालिकाकाे बैठकले तारकेश्वर नगरकाे नगर गीतकाे रुपमा निर्णय गरि पास गरेकाे छ ।

यश मानेमा उक्त नगर गीत नगरकाे सम्पति हाे । यसकाे सबै पक्ष नगरकाे दायित्वमा पर्छ। सर्जकले निस्वार्थ नगरकाे पहिचानका खातिर सिर्जना गरेकाे नगर गीत कार्यपालिकाबाट निर्यण भई पास भएका सन्दर्भमा यसकाे हिफाजत गर्नु, दुरुपयाेग हुन नदिनु र लेखककाे प्रतिष्ठाकाे रक्षा गर्नु लगायतका सबै पक्ष नगरकाे नैतिक दायित्वभित्र पर्दछन् ।

जसरी राष्ट्रमा राष्ट्रिय गानकाे गरिमा हुन्छ; उसैगरी नगरमा नगरगानकाे गरिमा हुने कुरामा दुईमत हुन सक्दैन ।

तर, यतिबेला पाण्डेयद्वारा सिर्जना गरिएकाे नगर गीतकाे भाव, शब्द र शैलीमा समेत समतुल्य हुने गरि बाज सिकारीकाे शैलीमा आफूलाई पत्रकार भनेर चिनाउने रामशरण न्याैपाने ‘शुशान्त’ नाम गरेकाे व्यक्तिले उपन्यासलाई नाटक बनाएझैँ गरि आफ्नाे नाम राखेर नगर गीत छायाङ्कन गरिरहेका छन् ।

भाव शब्द र शैली मात्र हैन; थाेरै परिवर्तन गरेर आफ्नाे बनाउन खाेज्दा एकातिर गीतमा ताेडमाेड भई भाव खज्मजिएकाे छ भने अर्काेतिर गीतका मूल सर्जककाे अवधारणा समेत चाेरी भएकाे स्पष्ट देखिन्छ। एउटा पत्रकारजस्ताे मान्छेबाट नाटक मञ्चन भएकाे छ; जसले सिङ्गाे पत्रकारितामाथि पनि प्रश्न उठेकाे छ। जुन छायाङ्कन हुँदै गरेकाे गीत यसप्रकार छ:

यी दुबै गीतलाई दुई काेलममा राखी जुन बच्चाकाे स्वभाव देखाएका रामशरण न्याैपानेलाई पढाउन आवश्यक हुन्छ । पढिसकेपछि उनले “आफै मैले कवि पाण्डेयकाे नगर गीतलाई आधार मानेर नयाँपन दिन खाेज्दा गीत झन् बिगारे र आफैले आफैलाई बच्चा सम्झिदा खालि ठाउँ भरे बुढाे सम्झिदा चाेर भनेर झस्के ” भनेर अनुभूति गर्नेछन् र पटकपटक त्यही अनुभूति गरे हाेलान् र त्यस्ताे अनुभूति गरेर पनि उनी याे गीत मेराे भन्दै छायाङ्कनमा कसरी पुगे हाेलान्? भनिन्छ नि धाेति खुस्केपछि के काे लाज ?

उनकाे चाेर्ने शैली बडा गजबकाे छ – नगरलाई बजार बजारलाई नगर, तलकाे श्लाेक माथि माथिकाे श्लाेक तल , कुनै पुरै श्लाेक, कुनै एउटा श्लाेककाे आधा, कुनै अर्काे श्लाेककाे आधा, यस्तै यस्तै।

अझ गज्जबकाे कुरा त के छ भने उनी छन्द जान्दैनन् कही पाण्डेयकाे गीत अगाडि राखेर नयाँ गीत बनाउन खाेज्दा कही छन्द मिलेकाे छ भने कतै खुस्किएकाे छ।हुन त शब्द सबैका साझा हुन् तर हरफ हरफ नै सार्ने प्रयत्न नगरेकाे भए राम्राे हुन्थ्याे कि पत्रकार ज्यू।

यदी सारेकै थियाे त कवि दिनेश पाण्डेय यश गीतका अवधारणाकार हुन्, शब्द, शैली ,भाव उहाँकै छ । उहाँकाे नाम राख्दा तपाईंकाे के जान्थ्याे? मैले नयाँपन दिन मात्र खाेजेकाे हुँ भन्दा के हुन्थ्याे? समाचार कपि गरेजस्ताे सिर्जना कपि गर्ने विषय हैन। माैलिक सिर्जना त्यति सजिलै जन्मिदैन। नगर गीत माैसमी गीतजस्ताे प्याराेडी बनाउने विषय पनि हैन । तपाईमा चाेर व्यापारीकाे शैली देखियाे। तपाईं के भन्नुहुन्छ;सिङ्गाे नेपाली साहित्यज गत्लाई ?

नेपाली, संस्कृत र आङ्लभाषामा उत्तिकै दख्खल राख्ने कवि दिनेश पाण्डेय वर्तमान नेपाली कविता साहित्यमा एक शीर्षस्त, अब्बल र सशक्त प्रतिभा हुन् ।कविता साहित्यमा उनकाे जत्तिकाे भाषिक ज्ञानसहितकाे तेज प्रतिभा विरलै पाइन्छ। यस्ता सर्जकबाट नगरले नगर गीत पाउनु नगरकाे पनि अहाेभाग्य हाे । सर्जक मर्दैन; कसैले मार्न खाेजेर सर्जक मर्ने विषय पनि हैन।

अपितु सर्जककाे सिर्जना चाेरिनु र ताेडमाेड गरिनु सर्जकलाई मार्ने प्रयत्न हाे । पत्रकार जसकाे आफ्नै धर्म हुन्छ । उसकाे एउटा धर्म सर्जकलाई बचाउने हाे तर यहाँ तपाईले के गर्नुभयाे तपाईं आफैले मूल्याङ्कन गर्नुहाेस्।

अझै समय छ कहिलेकाही इजार खुस्किएर पनि सुरुवाल खस्छ तर हतार-हतार तानेर लाउनुपर्छ। अघाडीपट्टी नारी समुदाय छ भने केही महिना उहाँहरूका अघाडी शिर ठाडाे बनाउन गाह्राे हाेला पछि बिस्तारै बिर्सदै जाने हाे तर सुरुवाल नतानी बस्नेहाे भने दिर्घकालसम्म लाज लागिरहन्छ।

लाज पचेपछि घिन हुन्छ। तसर्थ वास्तविक सर्जकलाई छायाँमा पारिनुहुन्न । सर्जकलाई छायाँमा पारिनु दुखद् हाे। यस्ता कुकृत्यहरू आजकल सामाजिक सञ्जालमा पनि प्रसस्त पाइन्छन् ; ती र तेस्ता सबै कुकृत्यहरू समाजकाे आँखामा घृणित हुन्छन् ।

सायद कवि दिनेश पाण्डेलाई पनि मनमा चस्का परेकाे हाेला । आफूले तारकेश्वर नगरकाे पहिचान र स्वाभिमानका लागि सिर्जना गरेकाे नगर गीत आज कसैले लटरपटर पारेर प्रतिफल लिन खाेजिरहेकाे छ। यस्ताे गर्दा कुन सर्जककाे मन दुख्दैन र ?
कवि पाण्डेले कवितामार्फत नै फेसबुकमा यसरी गुणासाे राख्नुभएकाे छ:

यौटा घुँडा धसिधसीकन शब्द कोर्छ
अर्को थपक्कन बसी रस भाव चोर्छ
जो चोर्छ अज्झ उसकै स्वर चढ्छ पारो
यो जिन्दगी जति बुझ्याे उति बुझ्न गाह्रो ।।
-दिपा

कवि पाण्डेयकाे नगर गीत नगरकाे स्वामित्वमा छ; अब उक्त नगर गीत नगरकाे साझा सम्पति भइसक्याे। जुन गीतकाे रक्षा गर्ने दायित्व पनि तारकेश्वर नगरकाे हाे । याे दायित्वबाट नगर बाहिर जान मिल्दैन। कवि पाण्डेयकाे अपमान भयाे भनेर सामाजिक सञ्जालमा साहित्यकारहरूबाट आवाजहरू बुलुन्द भइरहदाँ नगरलाई माैन बस्ने छुट पनि छैन/ हुँदैन ।

सर्जककाे कपि राइटकाे रक्षार्थ तारकेश्वर नगरले केही कदम चाल्नैपर्छ । निर्णयद्वारा स्वामित्व ग्रहण गरिसकेकाे र स्थानीयपाठ्यक्रममा समावेश गरि पाठ्यपुस्तकमा प्रकाशित भइसकेपछि उक्त गीत नगरकाे प्रतिष्ठाकाे विषय बनिसक्याे । तसर्थ लेखकलाई कपि राइटका लागि आफै लडिरहनुपर्ने लफडा नगरले दिन मिल्दैन ।

आफै स्थानीय तह सरकार पनि भएकाेले आफै निर्णय गर्ने र सर्जककाे उचित सम्मान गर्ने वा अदालत जाने अब नगरले निर्णय गर्नुपर्छ । कि त “काठमाडाैँमा घर छ मलाई के काे डर छ” भनेझै म पत्रकार मलाई कसले के गर्न सक्छ भनेर उसले देखाएकाे दम्भीपन स्वीकार गरिरहने ?

याे विषय उठान हुनुपूर्व नै नगरले राेक्न सक्नुपर्थ्याे तर बाहिर आइसक्याे अब झन् यसकाे उचित समाधान नगरी नगरपालिका माैन बस्न सक्दैन । उपन्यासलाई नाटक बनाउदाँ नगरका निर्वाचित प्रतिनिधि र कर्मचारीमा भ्रम सिर्जना भएकाे भए सम्बन्धित क्षेत्रका बिज्ञसमेतकाे समिति बनाई नगरले छानबिन गर्न सक्छ ।

छायाङ्कन हुँदै गरेकाे गीत कवि दिनेश पाण्डेयकै अवधारणामा जन्मिएकाे हाे तसर्थ नगरले कुनै न कुनै निर्णय गर्नैपर्छ । नगर माैन बस्छ र नगरकाे आँखा खुल्दैन अझ् चुनाव लाग्याे भनेर टार्छ भने साहित्यकारहरू टुलुटुलु हेरेर बस्दैनन् ; उनिहरूकाे काम लेख्ने हाे लेखिरहन्छन् । चाेरकाे नाम हैन बदनाम हुने हाे जहिल्यै पनि ।

धन्यवाद!

✍️ प्रकाश” भावुक”( प्रभा) -यो आलेखको सर्वाधिकार लेखकमा सुरक्षित छ ।

सम्बन्धित खबरहरु