काठमाडौं । रुस–युक्रेन युद्धको आज २९ औं दिन हो ।

रुसले युक्रेनको मानवीय अवस्थाबारे संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् (यूएनएससी) मा आज मस्यौदा पेस गरेको छ ।

भारतले तटस्थताको नीति कायम राख्दै एकपटक फेरि मतदान गर्न अस्वीकार गर्यो । यो मस्यौदामा भारतसहित १३ देशले मतदानमा भाग लिएनन् ।

तर चीन र रुसले समर्थन गरेका छन् । अर्कोतर्फ इजरायलले रुसको असन्तुष्टिको डरले युक्रेनमा जासुसी सफ्टवेयर पेगासस स्पाइवेयर दिन अस्वीकार गरेको छ ।

सोही समयमा नेटोले युक्रेनलाई आणविक, रासायनिक, जैविक र रेडियोलोजिकल आक्रमणबाट बच्न आवश्यक उपकरण पठाउन भनेको छ । बुधबार रुसी सेनाले चेर्निहाइभ पुललाई विस्फोट गराएको थियो ।

चेर्निहाइभमा फसेका नागरिकहरूलाई बाहिर निकाल्न र मानवीय सहायता पुर्‍याउन पुलको प्रयोग भइरहेको थियो ।

द इन्साइडरको रिपोर्टका अनुसार राजधानी कीभमा रुसी सेनाको गोलीबारीमा रुसी पत्रकार ओक्साना बालिनाको मृत्यु भयो ।

युक्रेन युद्धको बारेमा झुटा समाचार फैलाएको भन्दै रुसले गुगल न्यूज सर्भिसमाथि प्रतिबन्ध लगाएको छ । युक्रेनका उपप्रधानमन्त्रीले बुधबार चार हजार ५५४ जनालाई मारियुपोलबाट मानव करिडोरमार्फत बाहिर निकालिएको बताएका थिए ।

युक्रेनले रुसी सेनाले जानेर धेरै क्षेत्रमा कृषि मेसिनरी नष्ट गरेको आरोप लगाएको छ । युक्रेनका कृषिमन्त्री रोमन लेस्चेन्कोले आफ्नो पदबाट राजीनामा दिएका छन् । हालसम्म राजीनामाको कारण खुल्न सकेको छैन ।

यससम्बन्धि साथै अरु रोचक र चर्चित भिडियोहरु हेर्न चाहानुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् । विना कुनै इन्टरनेटको खर्चमा भिडियो अपलोड गर्नासाथ फ्री हेर्न च्यानल subscribe गर्नुहोला । नजिकै रहेको bell icon मा थिच्नुहोला ।

सम्बन्धित खबरहरु