काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तापक्ष विगतमा भएका १२ बुँदेलगायत सबै सहमति विपरित चलेको बताएका छन् ।
बिहीबार पार्टी केन्द्रीय समितिको बैठकमा समसाययिक राजनीतिक अवस्थाबारे जानकारी गराउँदै उनले यस्तो कुरा बताएका हुन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाडामा बिहीबार बसेको बैठकमा अध्यक्ष प्रचण्डले संविधान निर्माणमा देखिएका समस्याहरुका साथै पछिल्लो राजनीतिका विषयमा जानकारी गराएका हुन् ।
माओवादी प्रवक्ता दीनानाथ शर्माले बैठकमा प्रचण्डले १२ बुदे सहमति हुदै गत वर्ष तीन दलबीच भएको चार बुदे सहमतिको मर्मविपरीत सत्तापक्ष चलेको बताएको जानकारी दिए ।
बैठकले आफ्नो नेतृत्वको मोर्चाको आन्दोलन, संविधान निर्माणमा पार्टीको भूमिकालगायतका विषयमा तल्लो तहसम्म छलफल चलाउने निर्णय गरेको छ ।
अध्यक्ष प्रचण्डले प्रस्ताव समिति फिर्ता नभएसम्म संसदीय दलको बैठकमा भाग नलिने र सरकार र संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई सहयोग नगर्न कार्यक्रम भएको जानकारी गराएको शर्माले बताए ।
बैठकले सरकारले कमिसनको खोलमा सर्वसाधारणलाई दैनिक चाहिने ग्यासको कृत्रिम अभाव गराएर नीति गत भष्टाचार गरेको निष्कर्ष समेत निकालेको छ ।
ग्यास अभाव बारे जनताको सहयोगमा सरकार विरुद्ध आन्दोलन गर्ने भएको प्रवक्ता शर्माले बताउनुभयो । बैठकमा अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिको विषय धारणा राखेपछि राज्य समिति इन्चाजहरुले पछिल्लो राजनीतिबारे धारणा राखेका थिए । अर्को बैठक शनिबार बस्ने छ ।