काठमाडौ । दुनियाँमा चकित पार्ने घटना र व्यक्तिहरु छन् । उनीहरुका रहस्यहरु बाहिर आउँदा जो कोही चकित हुन्छ ।
भर्खरै एक युवतीले सबैलाई चकित बनाइरहेकी छिन् । उनले तीन हप्तामै १५ जना केटासँग डेटिङ गरेर दुनियाँलाई चकित पारेकी छिन् ।
यतिमात्र हैन त्यो समयको अनुभव कस्तो रह्यो भन्ने समेत दुनियाँभरी सेयर गरेकी छिन् ।
ती युवतीले यस विषयमा आफैंले आफ्नो किताबमा लेखेर खुलासा गरेकी हुन् । उनले करिब दिनदिनै पार्टनर फेर्दाको आफ्नो अनुभव पनि सोसल मिडियामा सेयर गरेकी छिन् ।
२१ दिनमा १५ जना युवकसँग डेट गर्ने ती युवती लेखक पनि हुन् । उनी प्रायः किताबकै माध्यमबाट आफ्नो डेटिङ अनुभव सेयर गर्ने गर्दछिन् ।
अष्ट्रेलियाको सिड्नीमा बस्ने हेलेन नामक युवती सायद संसारमै छोटो समयमा सबैभन्दा धेरै डेटिङ पार्टनर फेर्ने महिला हुन् ।
उनले आफ्नो डेटिङ अनुभवका विषयमा एक किताब पनि लेखेकी छिन् । उनले उक्त किताबमा डेटिङ एप टिन्डरबाट प्रेम प्राप्त गर्ने टिप्स पनि बताएकी छिन् । उनले लेखेको किताब ‘Sex, Swipes and Other Stories’ हो ।
उनले आफ्नो किताबमा अनलाइन प्रेमका क्रममा आउनसक्ने समस्याका विषयमा पनि बताएकी छिन् ।
आफू विगतमा न्युयोर्क गएको बेला डेटिङ एप टिन्डरको माध्यमबाट २१ दिनमा १५ जना युवकसँग डेट गरेको उनको किताबमा उल्लेख छ ।
टिन्डरका माध्यमबाट युवकहरुसँग कसरी डेट गर्ने भन्ने बारेमा उनले टिप्स पनि पस्किएकी छिन् किताबमा ।
उनका अनुसार यदि तपाईं कुनै अर्को सहरमा जाँदै हुनुहुन्छ भने टिन्डरको सेटिङ तथा लोकेसन दुवै परिवर्तन गर्नुहोस् ।
त्यसो गर्दा तपाईं उक्त नयाँ सहरमा जानु अगाडि नै त्यहाँका मानिसहरूले तपाईंलाई डेटिङ एपमा फेला पार्न सक्नेछन् । तत् पश्चात् तपाईंले आफूलाई मन पर्ने नपर्ने आधारमा पार्टनर छनोट गर्न सक्नुहुन्छ ।
स्मरण रहोस् हेलेनको यसअघि दुईपटक बिहे भएर पनि डिभोर्स भैसकेको छ । बितेको समय कहिल्यैपनि फर्केर नआउने भएको हुँदा समयमै काम गर्नुपर्ने उनको तर्क छ । एजेन्सी