काठमाडौ । खाना पकाउने ग्यास प्रतिसिलिण्डरमा एकै दिन ४ सय २ रुपैयाँ भारतमा बढेसँगै नेपालमापनि उच्च रुपमा बढ्ने देखिएको छ ।
यति मात्र हैन नेपालमा कमिसन नपाएको भन्दै ग्यास उद्योगीले बिक्रि वितरण नै ठप्प पारेका बेला भारतबाट नै खरिद हुने ग्यास भारतमा बढ्दा नेपालमा दोहोरो मार हुने भएको छ ।
आज १ अप्रिल २०२२ हो आजबाट भारतमा नयाँ आर्थिक वर्ष २०२२–२३ सुरु भएको छ । नयाँ आर्थिक वर्षको पहिलो दिन मुद्रास्फीतिको ठूलो झट्का लागेको छ ।
अप्रिल १ देखि एलपी ग्यास सिलिन्डरको नयाँ मूल्य सार्वजनिक भएको छ । सरकारी आयल मार्केटिङ कम्पनी (ओएमसी) ले ग्यास सिलिन्डरको मूल्य १ अप्रिलमा २ सय ५० रुपैयाँ भारु बढाएको छ ।
यो नेपाली ४ सय २ रुपैयाँ ५ पैसा पर्न जान्छ । यो वृद्धि घरेलु ग्यास सिलिन्डरमा नभएर व्यावसायिक ग्यास सिलिन्डरमा भएको हो ।
घरेलु ग्यास सिलिन्डरको मूल्यमा कुनै परिवर्तन भएको छैन । गत चैत २२ गते एलपीजी सिलिन्डरको मूल्य ५० रुपैयाँ भारुले बढेको थियो भने व्यावसायिक ग्यास सिलिन्डर सस्तो भएको थियो ।
नयाँ आर्थिक वर्षको पहिलो दिन घरेलु ग्यासको मूल्य नबढेकाले सर्वसाधारणले केही राहत पाएका छन् । राष्ट्रिय राजधानी दिल्लीमा, बिना सब्सिडी १४.२ किलोग्राम ग्यास सिलिन्डरको मूल्य ९४९.५ भारु छ।
घरेलु एलपीजी सिलिन्डरको मूल्य कोलकातामा ९७६ रुपैयाँ, मुम्बईमा ९४९.५० रुपैयाँ र चेन्नईमा गैर–सब्सिडी सिलिन्डर ९६५.५० रुपैयाँ भारु छ।
लखनउमा घरेलु एलपीजीको मूल्य ९८७.५० भारु छ भने पटनामा १४.२ किलोग्राम एलपीजी सिलिन्डरको मूल्य १०३९.५ रुपैयाँ छ।
पटना नेपालको सीमानामा पर्दछ । यो मूल्य नेपालीमा रुपान्तरण गर्दा १ हजार ६ सय ७३ पर्दछ । यसमा बढेको मूल्य जोड्दा धेरै पर्न जान्छ ।