संविधान सभालाई अघि बढाउन बार्ता र प्रक्रिया जारी राख्नुपर्ने एमालेको निर्णय

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार १५ माघ, २०७१

uml-1-e1420948177741

काठमाडौं । नेकपा एमालेले संविधान जारी गर्न वार्ता र प्रक्रिया सँगसँगै अगाडि बढाउने निर्णय गरेको छ ।

बिहीबार पार्टी मुख्यालय बल्खुमा बसेको स्थायी कमिटीको बैठकले वार्ता र प्रक्रिया सँगसँगै अगाडि बढाउने निर्णय गरेको हो ।

सहमतिको लागि लामो समयसम्म प्रयास गर्दापनि सहमति हुन नसकेकाले प्रक्रिया सुरु गरिएको निष्कर्ष निकाल्दै बैठकले प्रक्रियामा गएपनि सहमतिको सम्भावना अझै रहेको निष्कर्ष निकालेको हो ।

सहमतिको प्रयास निकै गरिएपनि विपक्षी मोर्चाले विभिन्न बहानामा समय लम्ब्याउने रणनीति लिएको भन्दै गत ११ गते प्रश्नावली समिति गठनको लागि प्रस्ताव निर्माण समिति घोषणा गर्ने संविधानसभा अध्यक्षको काम सही भएको निष्कर्ष निकालेको बरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।

स्थायी समिति बैठकले संविधानसभाको प्रश्नावली समितिमा रहेका आफ्ना सभासदहरुलाई पनि निर्देशन दिने छ ।

सम्बन्धित खबरहरु