काठमाडौं । विगत केही दिनदेखि पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वासको प्रस्तावलाई लिएर निकै चर्चा चलिरहेको थियो ।

आइतबार राष्ट्रिय सभामा अविश्वासको प्रस्ताव अस्वीकृत भएपछि इमरान खानले राष्ट्रपति आरिफ अल्वीलाई संसद विघटन गर्न सिफारिस गरे र राष्ट्रपतिले पनि राष्ट्रिय सभा विघटन पनि गरेका छन् ।

अहिले पाकिस्तानका विपक्षीहरुले इमरान खानमाथि हमला गरिरहेका छन् । विपक्षी नेता शाहबाज सरिफले विधानसभा भंग गर्ने प्रस्तावलाई लिएर इमरान खानलाई ‘गम्भीर देशद्रोह’ गरेको आरोप लगाएका छन् ।

उनले ट्विटमा इमरान खानले देशलाई अराजकतातर्फ धकेलेको बताएका छन् । उनले संविधान भंग गरेमा गम्भीर परिणाम भोग्नुपर्ने लेखेका छन् ।

अर्कोतर्फ, पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) नेतृ मरियम नवाजले आफ्नो पद जोगाउन संविधानसँग खेलवाड गर्न कसैलाई दिन नहुने बताएकी छन् ।

उनले इमरान खानलाई कारबाही नगरे देशमा जङ्गल राज हुने बताएका छन् । पीपीपीका अध्यक्ष बिलावल भुट्टो जरदारीले इमरान खान सरकारले संविधानको उल्लंघन गरेको बताएका छन् ।

अविश्वासको प्रस्तावमा मतदान हुन पाएन । उनले संयुक्त विपक्षीले आज राष्ट्रियसभामा धर्ना दिने र सर्वोच्च अदालतमा मतदान गर्न अपिल गर्ने निर्णय गरेको बताएका छन् ।

सम्बन्धित खबरहरु