काठमाडौं । आज भन्दा झण्डै तीन महिना पहिले नेपालका नेताहरुलाई अमेरिकाबाट धम्की आएको खबर सार्वजनिक भएको थियो ।

दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन गर्न भनेर नेपालका नेताहरुलाई फोनमार्फत धम्की दिने गरेका थिए । अमेरिकाले सो कुरा अस्विकार गर्यो, तर एमसीसी सम्झौता अनुमोदन भयो ।

उनै विदेशमन्त्री अहिले फेरि विश्वभर चर्चामा आएका छन् । विशेष गरेर पाकिस्तानको राजनीतिमा उनले धेरै चर्चा पाउन सफल भएका छन् ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले हालै आफूलाई हटाउन उनै लुले धम्की दिएको आरोप लगाएपछि खबर सबैतिर फैलिएको छ ।

विपक्षीहरूले खानविरुद्ध ल्याएको अविश्वासको प्रस्तावलाई राष्ट्रिय सभाका उपसभामुखले अस्वीकार गरेपछि उनलाई सत्ताबाट हटाउने विपक्षी प्रयास असफल भयो ।

विदेशी षड्यन्त्रमार्फत प्रधानमन्त्री पदबाट हटाउन खोजेको भन्दै अविश्वासको प्रस्तावलाई उपसभामुख कासिम खान सुरीले खारेज गरेका हुन् ।

त्यसपछि, इमरान खानले आफ्नो पार्टीका सांसदहरुसँग कुरा गर्दै दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु आफ्नो सरकार गिराउने कथित षड्यन्त्रमा संलग्न रहेको दाबी गरेका हुन् ।

इमरान खानले दाबी गरे अनुसार लुले अमेरिकाका लागि पाकिस्तानी राजदूत असद माजिदलाई बोलाएर खानलाई सरकारबाट हटाउने चेतावनी दिएका दिएका थिए ।

यदि पाकिस्तानी प्रधानमन्त्री संसदमा पेश भएको अविश्वासको मतमा बाँचेको खन्डमा त्यसको असर गम्भीर हुन धम्की दिइएको थियो । तपाईंलाई जानकारी गराउ कि डोनाल्ड लुले भारत र पाकिस्तानमा राजनीतिक अधिकारीको रूपमा सेवा गरेका छन् ।

भारतमा राजदूतको विशेष सहायकको रूपमा पनि उनले काम गरेका छन् । उनी अल्बेनियन्, रुसी, जर्जियाली, अजरबैजानी, उर्दू, हिन्दी र पश्चिम अफ्रिकी क्रियो बोल्छन्।

प्रधानमन्त्री इमरान खान विरुद्ध अविश्वासको प्रस्तावमा मतदान गर्ने पाकिस्तानको राष्ट्रिय सभाको सत्र उपसभामुख कासिम खान सुरीले प्रस्ताव विदेशी षड्यन्त्र भन्दै अस्वीकार गरेपछि अनिश्चितकालका लागि संसद स्थगित गरियो ।

राष्ट्रिय सभामा अविश्वासको प्रस्ताव अस्वीकृत भएपछि पाकिस्तानका प्रधानमन्त्री खानले राष्ट्रका नाममा सम्बोधन गर्दै आफूले राष्ट्रपति आरिफ अल्वीलाई संसद भंग गर्न सल्लाह दिएको बताए ।

तदनुसार, संसद विघटन गरियो र आगामी ९० दिन भित्र पाकिस्तानमा चुनाव हुनेछ । विपक्षी दलहरुपाकिस्तान सरकारको फैसलालाई असंवैधानिक भन्दै सर्वोच्च अदालतमा पुगेका छन् ।

विपक्षी दलले प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वासको मत नआएसम्म राष्ट्रिय सभामा धर्ना दिने निर्णय गरेका हुन् । पाकिस्तानको सर्वोच्च अदालतले राष्ट्रपति आरिफ अल्वीले संसद विघटन गरेकोमा स्वोमोटो नोटिस लिएको छ ।

पाकिस्तानको सर्वोच्च अदालतको तीन सदस्यीय इजलासले आइतबार साँझ संसद विघटनसम्बन्धी विपक्षी दलको निवेदनमाथि सुनुवाइ सुरु गरेको हो । अर्को सुनुवाई सोमबार, अप्रिल ४ सम्मका लागि स्थगित गरिएको छ ।

नेपालमा जस्तै सरकार ढाल्ने अमेरिकाकी षड्यन्त्र निस्तेज पार्न सफल पाकिस्तानका प्रधानमन्त्री इमरान खान, राष्ट्रिय सभाका उपसभामुख कासिम खान सुरी र राष्ट्रपति आरिफ अल्वीलाई त्यहाँका नागरिकले राजनेता भनेर भन्न थालेका छन् ।

विदेशी षड्यन्त्र भएको आरोप मात्र लगाउने तर आन्तरिक रुपमा सम्हाल्न नसक्ने नेपालका राजनीतिज्ञहरुलाई यो राम्रो पाठ हुनेछ ।

 

सम्बन्धित खबरहरु