काठमाडौं । नेपालको छिमेकी मुलुक भारतमा निरन्तर पेट्रोलियम पदार्थको मूल्य बढ्दै गइरहेको छ ।

सोमबार पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर भारु ४० पैसाले बढेको हो । भारतमा पछिल्लो दुई सातामा पेट्रोल–डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ ४० पैसाले बढेको छ ।

सरकारी स्वामित्वको तेल कम्पनीहरूले जारी गरेको सूचना अनुसार दिल्लीमा पेट्रोलको मूल्य अब प्रतिलिटर १०३.८१ रुपैयाँ हुनेछ, जबकि डिजेल प्रति लिटर ९४.६७ रुपैयाँबाट बढेर ९५.०७ रुपैयाँ पुगेको छ ।

कोलकत्तामा पेट्रोलको मूल्य ११३.०३ पुगेको छ भने मुम्बाईमा ११८.४१ भारु पुगेको छ । नेपाली रुपैयाँ १ सय ९० रुपैयाँ ६४ पैसा हो । यो बृद्धीले नेपाललाई ठूलो असर पर्नेछ । नेपालले भारतबाट नै खरिद गर्ने हो ।

दैनिक करोडौ घाटा ब्यहोरेर नेपाल आयल निगमले इन्धन बाँडिरहेको छ । तर निरन्तर घाटा व्यहोर्न सक्ने अवस्था छैन । यस्तो अवस्थामा ह्वात्तै इन्धनको भाउ बृद्धी हुन सक्छ ।

विश्वको ठूलो तेल भन्डार रहेको रुस र युक्रेनबीचको युद्धका कारण विश्वव्यापी रुपमा इन्धनको मूल्य बढेको हो । पेट्रोल र डिजेलको मूल्य केन्द्र सरकार र प्रदेश सरकारले तिर्ने करको आधारमा निर्धारण गरिन्छ ।

प्रत्येक राज्यमा करको दर फरक हुन्छ, जसको आधारमा विभिन्न राज्यहरूमा यो मूल्य फरक हुन्छ । यद्यपि मूल्यको यो भिन्नता धेरै सामान्य छ ।

साढे चार महिनाको लामो अन्तरालपछि मार्च २२ मा भाउ बढेको हो, त्यसपछि यो १२ औं वृद्धि हो । नेपालमा पनि यसको असर पर्न सक्ने देखिएको छ ।

 

सम्बन्धित खबरहरु