काठमाडौं । छिमेकी मुलुक भारतमा निरन्तर इन्धनको मुल्य बढ्दै गइरहेको छ । पेट्रोल र डिजेलको भाउ फेरि प्रतिलिटर ८० पैसाले बढेको हो ।

पछिल्लो दुई सातामा कुल भाउ ९.२० रुपैयाँ (भारु) बढेको छ । सरकारी इन्धन खुद्रा विक्रेताहरु द्वारा जारी मूल्य सूची अनुसार राजधानी दिल्लीमा पेट्रोल को मूल्य अब प्रति लिटर १०३.८३ बाट १०४.६१ रुपैंयाँ पुगेको छ ।

अर्कोतिर डिजेलको दर प्रति लिटर ९५.०७ रुपैयाँबाट बढेर ९५.८७ रुपैयाँमा कारोबार हुँदैछ । पेट्रोल र डिजेलको मूल्य केन्द्र सरकार र प्रदेश सरकारले तिर्ने करको आधारमा निर्धारण गरिन्छ ।

प्रत्येक राज्यमा करको दर फरक हुन्छ, जसको आधारमा विभिन्न राज्यहरूमा यो मूल्य फरक हुन्छ । यद्यपि मूल्यको यो भिन्नता अति सामान्य छ ।

साढे चार महिनाको लामो अन्तरालपछि मार्च २२ तारिखमा मूल्यवृद्धि गरिएको थियो, त्यसयता यो १३ औं पटक वृद्धि भएको हो ।

अन्य शहरहरुको कुरा गर्दा मुम्बईमा पेट्रोल ११९.६७ रुपैयाँ पुगेको छ । यो भारतीय रुपैयाँमा हो । नेपाली रुपैयाँ १९२ रुपैयाँ ६६ पैसा पुगेको छ ।

कोलकत्तामा ११४.२८ रुपैयाँमा कारोबार हुँदा चेन्नईमा ११०.११ रुपैयाँ पुगेको छ । माथि उल्लेख गरिएको सबै मूल्य भारतीय रुपैयाँ अनुसार हो ।

सम्बन्धित खबरहरु