प्रचण्ड भेट्न प्रधानमन्त्री सुटुक्क लाजिम्पाटमा, घाँटीमा तरवार राखेर वार्ता गर्दैनौँ : प्रचण्ड

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार १६ माघ, २०७१

१६ माघ, काठमाडौं । संविधान सभाको बैठकमा प्रश्नावली समिति बनाउने प्रस्ताव बलपूर्वक पारित भएपछि दलहरुसँग बढ्दै गएको दुरी घटाउन प्रधानमन्त्री कोइरालाले भेटवार्ता जारी राखेका छन् ।

संविधान सभामा रुष्ट बनेको ठुलो विपक्षी दलका अध्यक्ष पुष्पकमल दाहालसँग पनि प्रधानमन्त्री कोइरालाले भेटवार्ता गरेका छन् ।sushil-and-prachanda

शुक्रबार बिहानै प्रचण्ड निवास लाजिम्पाटमा  भएको भेटवार्तामा दलहरुबीचको रुष्टता घटाउने र सहमती खोज्ने विषयमा छलफल भएको जनाइएको छ ।

भेटवार्तामा प्रधानमन्त्री शुसिल कोइरालाले सहमतीमा आउन प्रचण्डलाई प्रस्ताव गरेका थिए ।

सहिद दिवसको दिन सहिद गेटमा माल्यार्पण गरेर सोझैं  प्रचण्ड निवास लाजिम्पाट पुगेका सुशील कोइरालाले करिब आधा घण्टा छलफल गरे ।

छलफलमा प्रधानमन्त्री कोइरालाले सहमति, सम्वाद र वार्ताको माध्यबाट समस्या समाधान गरि मुलुकलाई संविधान दिनु पर्ने भएको हुँदा सहमतिमा आउन अध्यक्ष प्रचण्डलाई आग्रह गर्नूभएको एनेकपा माओवादी नेता बर्षमान पुनले जानकारी दिए ।

भेटवार्तामा  एकीकृत माओवादी अध्यक्ष प्रचण्डले सभामुख सुभाषचन्द्र नेम्वाङ्गले सुरु गरिएको प्रकृया नरोकिएसम्म वार्तामा बस्ने वातावरण तयार नभएको भन्दै तत्काल वार्तामा आउन नसक्ने बताएको जनबोलीसँग नेता पुनले जानकारी दिए ।

एकीकृत माओवादीले भने प्रश्नावलीकोे प्रकृया स्थगित गर्नु पर्ने सर्त राख्दै आएको छ ।

यसैगरी प्रधानमन्त्री सुशील कोइरालाले संविधान निमार्णमा सहयोग गर्न संविधानसभा बाहिर रहेका सबै राजनीतिक दलसमक्ष आग्रह गरेका छन् ।

सहिद दिवसका अवसरमा शुभकामना सन्देशमा संविधानसभा बाहीरका शक्ति भनेर नेकपा–माओवादी र उस्को नेतृत्वकर्ता मोहन बैद्यलाई भनिएको हो ।

सन्देश दिँदै प्रधानमन्त्री कोइरालाले अहिलेसम्मका आन्दोलन र सङ्घर्षबाट प्राप्त गरेका अधिकारलाई संस्थागत गर्ने सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनाउन सबैको सहयोग आवश्यक परेको बताएका छन् ।

प्रधानमन्त्री कोइरालाले आपसी सहकार्य, मेलमिलाप र एकताको भावनाले प्रेरित भएर सहिदकोे सपना साकार पार्ने अभियानमा हातेमालो गर्दै अघि बढ्न आह्वान समेत गरेका छन् ।

प्रधानमन्त्री कोईरालाले सहिद दिवसले देशको शान्ति, विकास र समुन्नत भविष्य निर्माणमा सबैलाई समर्पित हुने प्रेरणा देओस भन्दै सहिदको सपना साकार पार्न समर्पित सबै नेपाली दाजुभाइ दिदीबहिनीमा शुभकामना दिएका छन् ।

त्यस्तै सहिद दिबसका अबसरमा देशको अस्तित्व रक्षा र जनताको हकहित, अधिकार र स्वतन्त्रताका निम्ति आफ्नो जीवन आहुति दिने महान सहिदको बलिदानको श्रद्धापूर्वक स्मरण गर्दै सम्पूर्ण ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जलि व्यक्त समेत गरेका छन् ।

सम्बन्धित खबरहरु