सभासदहरु गाउँ छिरेपछि सिंहदरबार सुनसान

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार १६ माघ, २०७१

काठमाडौं  । आफ्ना फरक फरक उद्देश्यका साथ सत्तारुढ र विपक्षी दलका सभासद् गृहजिल्ला जाने क्रम बढेपछि यतिखेर सिंहदरबारमा राजनीतिक चहलपहल कम देखिननका साथै संसदीय समितिका गतिविधि प्रभावित हुन पुगेका छन् । एकीकृत नेकपा माओवादीको संविधानसभा र व्यवस्थापिका–संसद्का समिति बहिष्कारको घोषणा गर्दै आफ्ना कुरा लिएर जनतामा जाने नीति र प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस एवम् नेकपा (एमाले) ले संविधान निर्माणका बारेमा जनतालाई यथार्थ जानकारी गराउने निर्णय गरेपछि सभासद् जिल्ला गएका हुन् । व्यवस्थापिका–संसद्, सामाजिक न्याय तथा मानवअधिकार समितिले परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डलेलाई आमन्त्रण गरेर महत्वपूर्ण विषयमाथि छलफलका लागि बैठक बोलाए पनि बैठक गणपूरक सङ्ख्या नपुगेपछि केही ढिला सुरु भएको थियो । आजको नागरिकमा समाचार छ ।

सम्बन्धित खबरहरु