काठमाडौ । विद्वान वर्ग वकिलहरुको चुनावले आगामी चुनावी परिणामको संकेत दिएको छ ।

नेपाल बार एसोसिएसनको चुनावमा नेकपा (एमाले) क्लिन स्वीप भएर सत्ता गठबन्धन निकट प्यानल नै विजयी भएको छ।

योसँगै गठबन्धन एक जुटहुँदा यस्तै नतिजा आगामी अरु चुनावमा आउँने हो की भन्ने संकेत देखिएको हो ।

अध्यक्षमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे निर्वाचित हुनुभएको छ ।

घिमिरे ४ हजार ४७४ मत ल्याएर विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी विष्णुमणि अधिकारीले २ हजार ९८९ मत ल्याउनुभयो ।

गत शनिबार भएको निर्वाचनको अन्तिम मत परिणाम आज आएको हो । कांग्रेस निकट कानून व्यवसायीको नेतृत्वमा एउटा र एमाले निकट कानून व्यवसायीको नेतृत्वमा अर्को गठबन्धन बनेको थियो ।

त्यस्तै महासचिवमा गठबन्धन समर्थित उम्मेदावर अञ्जिता खनाल ३ हजार ६८२ मत ल्याउँदै विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी केदार कोइरालाले २ हजार ३४५ मत ल्याउनुभयो ।

उपाध्यक्षमा सुरज खत्री, सुधिर कर्ण, हर्क रावल, बिरेन्द्र केसी, पशुपति भण्डारी, उत्तम आचार्य, तुलाराम गिरी र आशा राई विजयी हुनुभयो । कोषाध्यक्षमा भरत रावत विजयी हुनुभयो ।

सदस्यहरुमा बिनिता नेपाली, किरण शाह, नरेश साह, नारायण राई, रुप सारु, सीता पौडेल, मनिका खड्का र सर्मिला थापा निर्वाचित हुनुभएको छ ।

त्यस्तै अन्य सदस्यमा भरत लकाइ, देवी कोईराला, निर्भय पौडेल, सन्तोष राउत, गुणराज आचार्य र सन्तोष तिवारीले चुनावमा राम्रो मत ल्याएर विजय हासिल गर्नुभयो ।

हेर्नुहोस् पूर्ण परिणाम

सम्बन्धित खबरहरु