काठमाडौं । पाकिस्तान, लाहोरको एक आतंकवाद विरोधी अदालतले मुम्बई हमलाका आरोपी हाफिज सइदलाई जेल सजाय सुनाएको छ ।

आतंकवादलाई आर्थिक सहयोग गर्ने दुईवटा मुद्दामा यो सजाय सुनाइएको हो ।

हाफिज सईदलाई एउटा मुद्दामा साढे १५ वर्ष र अर्कोमा साढे १६ वर्षको सजाय सुनाइएको छ ।

योसँगै उनलाई ३ लाख ४० हजार (पाकिस्तानी रुपैयाँ) जरिवाना पनि लगाइएको छ । पाकिस्तानको पञ्जाब आतंकवाद विरोधी विभागले हाफिज सईद विरुद्ध यी मुद्दा दर्ता गरेको थियो ।

हाफिज पहिले नै जेलमा छन्, धेरै मुद्दामा सजाय काटिरहेका छन् । पाकिस्तानमा नोभेम्बर २०२० मा हाफिज सइदलाई लाहोरको विशेष आतंकवाद विरोधी अदालतले तीन अलग–अलग आरोपमा साढे तीन वर्षको जेल सजाय र जरिवाना तोकेको थियो ।

यसबाहेक, फेब्रुअरी २०२० मा, विशेष आतंकवाद विरोधी अदालतले ईदलाई दुईवटा मुद्दामा कुल ११ वर्षको जेल सजाय सुनाएको थियो ।

 

सम्बन्धित खबरहरु