काठमाडौ । घरपालुवा जनावर कुकुरको माया गर्ने दुनियाँमा धेरै छन् । जसलाई आफ्नो परिवारको सदस्यको रुपमा स्वीकार गरेको पाइन्छ ।

कुकुर प्रेमीहरुका लागि यो एक खुशीको खबर हो । किनकी मानिसका लागि गरिने ‘बेबी सावर’ कुकुरका लागिपनि गरिएको छ ।

त्योपनि पाहुना बोलाएर भव्य भोजको आयोजना गरियो ।

के गाउँ, के सहर ‘बेबी सावर’ले पछिल्लो समय फेसनकै रुप लिन थालेको छ ।

तर अब यो आधुनिक संस्कार केवल मानवजातिमा मात्र सीमित रहेन । किनकि भारतको तमिलनाडुमा एउटा गर्भवती कुकुरका लागि समेत ‘बेबी सावर’को आयोजना गरिएको छ ।

तमिलनाडुको एक परिवारले आफ्नो घरमा पालेको कुकुर गर्भवती भएसँगै ‘बेबी सावर’को कार्यक्रम गराएको छ ।

बेबी सावर समारोहमा परिवारका सबै सदस्य उपस्थिति हुनुका साथै भोजको समेत आयोजना गरियो ।

सोसल मिडियामा सार्वजनिक भएको भिडियोमा गर्भवती कुकुरलाई टीका र मालाका साथै गाउन लगाइदिएर पूजा गरिएको छ ।

पूजापछि गर्भवती कुकुरलाई विभिन्न पाँच थरी भात खुवाइएको छ । डाबू नामक उक्त गर्भवती कुकुरको ‘बेबी सावर’ कार्यक्रममा परिवारका सदस्यहरू निकै खुसी मनाइरहेका देखिन्छन् ।

 

सम्बन्धित खबरहरु