काठमाडौं । काठमाडौँको नाङ्गेबजारमा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

शङ्खरापुर नगरपालिका–१ नाङ्लेबजारमा बा४ख ६३७९ नं को टिपर दुर्घटना हुँदा धादिङको थाँक्रे गाउँपालिका–७ का २० वर्षीय किरण बाँस्कोटाको गएराति मृत्यु भएको हो ।

टिपर सडकबाट १०० मिटर तल खसेको र टिपरले नै किचेर बाँस्कोटाको मृत्यु भएको प्रहरीले जनाएको छ । बाँस्कोटा टिपरका सहचालक हुन् ।

यो पनि, बाघको आक्रमणबाट एक जना बेपत्ता भएका छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका–१२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय वृद्धलाई बाघले आक्रमण गरी लगेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ९ः०५ बजे घाँस काट्न गएका ६५ वर्षीय रामप्रसाद धमलालाई बाघले आक्रमण गरेको हो ।

बाघले आक्रमण गरेर लगेपछि उनको खोजी कार्य भइरहेको कार्यालयका सूचना अधिकारी नरहरी अधिकारीले जानकारी दिनुभयो । खोजी कार्यका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ ।

सम्बन्धित खबरहरु