काठमाडौं । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सत्ता पक्षले आफूहरूलाई संविधानसभाबाट बाहिर निकाल्न चाहेको भए पनि संविधानसभा छाड्न नहुने बताएका छन्।

पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष दाहालले संसदीय समितिमा सहभागी नहुने र सडक संघर्षलाई जोड दिने पार्टीको नीति प्रस्ट्याउँदै सडकबाटै दबाब दिएर सत्ता पक्षलाई सहमतिमा ल्याउन अधिकतम कोसिस गरिनुपर्ने बताए।

संविधान निर्माण प्रक्रियालाई बहुमतीयमा लैजाने सभाध्यक्ष सुवास नेम्बाङको कदम नसच्याएसम्म वार्तामा नजाने जानकारी पनि दाहालले नेताहरूलाई गराए। केपी ओलीहरू हामीलाई संविधानसभाबाट बाहिर निकाल्न चाहन्छन्।   आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।

सम्बन्धित खबरहरु