जनकपुरधाम । नेकपा एमालेले धनुषाको दुई स्थानीय तहमा प्रमुखको उम्मेद्‍वार सर्वसम्मतमा सिफारिस गरेको छ ।

मधेश प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरपालिका र मिथिला नगरपालिकामा उम्मेद्‍वार सिफारिस गरेको छ ।

उपमहानगरपालिका कमिटीको बैठकले शिवशंकर साह ‘हिरा’ लाई मेयरको उम्मेद्‍वार बनाउने निर्णय गरेको जिल्ला अध्यक्ष राजकिशोर यादवले जानकारी दिनुभयो । साह जनकपुरधाम उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष समेत हुनुहुन्छ ।

यस्तै, एमालेले मिथिला नगरपालिकामा अहिलेको मेयर हरिनारायण महतोलाई नै उम्मेद्‍वार बनाउने निर्णय गरेको छ ।

नगर कमिटीको आइतबार बसेको बैठकले उहाँलाई मेयरको उम्मेद्‍वारका निम्ति सिफारिस गरेको जिल्ला अध्यक्ष यादवले बताउनुभयो ।

उहाँका अनुसार उपमहानगरपालिकाको उम्मेद्‍वार केन्द्रीय कमिटिले घोषणा गर्ने छ । नगरपालिका, गाउँपालिकाका उम्मेद्‍वारको घोषणा प्रदेश कमिटीले र वडाका उम्मेद्‍वार जिल्ला कमिटीले घोषणा गर्ने एमालेको अन्तरपार्टी निर्देशनमा उल्लेख छ ।

 

सम्बन्धित खबरहरु