काठमाडौ । अघिल्लो साता एक दिन बाहेक सबैदिन घटेको सेयर बजार यो साताको पहिलो कारोबार सोमबार पनि ओरालो लालेको छ ।

राष्ट्र बैकका गर्भनर महाप्रसाद अधिकारीलाई निलम्बन गरेपछि सेयरको अवस्था राम्रो छैन ।

सेयर कारोबार मापक नेप्से परिसूचक ४४ दशमलव ६४ अंकले घटेर सोमबार २४ सय १९ दशमलव ७१ अंकमा घटेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९ दशमलव ३८ अंकले झरेको छ ।

कारोबार रकम भने २ अर्ब नाघ्यो । दिनभर भएका ४० हजार ५०७ कारोबारबाट २३३ कम्पनीका ५० लाख ९५ हजार ८३४ कित्ता धितोपत्र खरिदबिक्री भए ।

जसबाट कारोबार रकम २ अर्ब २६ करोड ७ लाख ८६ हजार ६२८ रुपैयाँ पुगेको छ ।

यी हुन् कमाउने र गुमाउने कम्पनी

आइतबार सबैभन्दा धेरै कमाउनेमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था पहिलो नम्बरमा देखिएको छ । यस संस्थाको सेयरमूल्य १७० रुपैयाँले बढेर प्रतिकित्ता १८ सय ७० रुपैयाम पुगेको छ ।

दोस्रो नम्बरमा देखिएको जाल्पा सामुदायिक लघुवित्तको सेयर मूल्य ४४ रुपैयाँ ६० पैसाले बढेर ४९१ रुपैयाँ १० पैसामा पुगेको छ । यसैगरी महालक्ष्मी विकास बैंक लिमिटेडको सेयरमूल्य ३८ रुपैयाँले बढेर १४ सय ५० रुपैयाँ पुगेको छ ।

धेरै घट्नेमा इमर्जिङ नेपाल पहिलो नम्बरमा देखिएको छ । यस कम्पनीको सेयरमूल्य १११ रुपैयाँले घटेर १ हजार १ रुपैयाँमा झरेको छ । यसैगरी राष्ट्रउत्थान लघुवित्त वित्तीय संस्था १५१।९० रुपैयाँले घटेर १३ सय ८० दशमलव १० रुपैयाँमा झरेको छ ।

धेरै घट्ने तेस्रो नम्बरमा देखिएको एनटीसीको सेयरमूल्य ७० रुपैयाँले घटेर १०६० रुपैयाँमा झरेको छ ।

 

सम्बन्धित खबरहरु