रासस सिन्ह्वा) : अमेरिकाको न्युयोर्क सहरका मेयरलाई कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

न्युयोर्कका मेयर एरिक आदम्सलाई कोरोना पोजेटिभ देखिएको उहाँको कार्यालयले जनाएको छ ।

मेयर आदम्सको कार्यालयले आइतबार विज्ञप्ति प्रकाशन गरेर उहाँलाई कोरोना भाइरस देखिएको जानकारी दिएको अमेरिकाबाट विभिन्न सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

सो विज्ञप्तिमा उहाँलाई भाइरसको त्यस्तै कुनै असर नदेखिएको तर उहाँको स्वास्थ्य रिपोर्ट भने कोरोना पोजेटिभ आएको पाइएको बताइएको छ ।

उहाँ आइसोलेसनमा बस्नुभएको र अबको एक हप्ता उहाँले कुनै पनि सार्वजनिक कार्यक्रमहरु सहभागीता नजाउने पनि सो विज्ञप्तिमार्फत् जानकारी दिइएको छ ।

यहाँ अहिले पनि कोरोना भाइरसको प्रकोप देखिएको छ । गत शनिबारको रिपोर्ट अनुसार यहाँ २४ घन्टा भित्रमा १२ हजार ८०० जनालाई कोरोना पोजेटिभ देखिएको थियो ।

न्युयोर्कमा यहाँका नागरिकलाई कोरोनाको निःशुल्क स्वास्थ्य जाँच र निःशुल्क औषधि उपलब्ध गराइएको छ ।

यहाँ अहिलेसम्म ८ करोड नागरिकलाई कोरोना पोजेटिभ देखिएको छ । अमेरिका कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित भएका विश्वका देशहरुमध्येमा पर्दछ ।

 

सम्बन्धित खबरहरु