काठमाडौं । पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित भएपछि शहबाझ शरीफले विभिन्न देशसँग पाकिस्तानको सम्बन्धको बारेमा उल्लेख गरेका छन् ।

सो अवसरमा उनले भारतसँग पाकिस्तानको सम्बन्धका बारेमा पनि कुरा गरे ।

शहबाझ शरीफले पाकिस्तान भारतसँग राम्रो सम्बन्ध चाहन्छ तर कश्मीर मुद्दाको समाधान बिना यो सम्भव नहुने बताएका छन् ।

उनले भने, ‘हामी कश्मीरी दिदीबहिनी र दाजुभाइका लागि हरेक फोरममा आवाज उठाउने छौँ । हामी कूटनीतिक समर्थन गर्छौं, नैतिक समर्थन गर्छौं ।

यो हाम्रो अधिकार हो ।’ प्रधानमन्त्री शरीफले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि सल्लाह दिए ।

उनपनिले भारतविरुद्ध नै सीमा विवाद समाधानका लागि फायर खोलेका छन् । उनले भने, ‘म प्रधानमन्त्री मोदीलाई सल्लाह दिन चाहन्छु कि दुवै देशमा गरिबी छ, बेरोजगारी छ, शिक्षा छैन, व्यापार छैन, गरिबी छ ।

हामी किन आफ्नो र भावी पुस्तालाई हानि गर्न चाहन्छौं ? यस्तो अवस्थामा कश्मीरका जनताको इच्छा बुझेर कश्मीर मुद्दाको अन्त्य गर्नुहोस् ।

दुवै देशबाट गरिबी हटाउनुहोस्, रोजगारी दिनुहोस् ।’ शहबाझ शरीफले चीनसँग पाकिस्तानको पुरानो सम्बन्ध रहेको र यो मित्रता ‘कयामत’ सम्म रहने बताएका छन् ।

उनले इमरान खान सरकारले चीनसँगको सम्बन्ध बिगार्न खोजेको आरोप पनि लगाए । उनले भने, ‘जुनसुकै सरकार आए पनि चीन र पाकिस्तानबीचको मित्रता टुट्न सक्दैँन ।

इमरान खान सरकारले मित्रतालाई कमजोर बनाउने प्रयास गरेको थियो । हामी अफसोस गर्छौं कि इमरान खान सरकारले किन यस्तो काम गर्‍यो कि चीन हामीबाट टाढा होस् । यो मित्रता कयामत सम्म रहनेछ ।’

सम्बन्धित खबरहरु