काठमाडौ । नेकपा (एमाले) बाट जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका अध्यक्षमा वीरबहादुर गिरी सर्वसम्मत उम्मेदवार बन्नुभएको छ ।

सोमबार पार्टीको गाउँ कमिटी बैठकले गिरीलाई आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सर्वसम्मत उम्मेदवारको रुपमा छनौट गरेको हो ।

लामो समयदेखि शिक्षण पेशामा सक्रिय गिरी प्रेस चौतारी नेपालको केन्द्रीय उपाध्यक्षसमेत बनिसक्नुभएको छ ।

उहाँ नेकपा एमाले जाजरकोटको छैटौं जिल्ला अधिवेशनबाट नेकपा एमालेको जिल्ला सचिवमा भारी मतका साथ विजयी हुनुभएको थियो ।

जाजरकोट जिल्लामा नै बसेर नेपाल टेलिभिजन लगायत विभिन्न सञ्चार माध्यममा उहाँले लामो समय पत्रकारीता गर्नुभयो ।

स्थानीयको मनमा बस्न सफल गिरीलाई चुनाव जित्नका लागि उम्मेदवार बनाइएको जाजरकोट जिल्ला कमिटीका एक पदाधिकारीले बताउनुभयो ।

गठबन्धन नै आएपनि हामीले जित्ने पालिका बारेकोट हो । त्यसमापनि गिरी उम्मेदवार बनेपछि कसैले दावी समेत गर्न नसक्ने उहाँको भनाई छ ।

राजनीतिसँगै पत्रकारीता र समाजसेवामा सक्रिय गिरीले धेरै जाजरकोटे जनतालाई गुन लगाउनुभएको छ ।

विपन्न वर्गको सहयोगका लागि उहाँ जहिलै तयार हुनुहुन्छ । युवा पंक्तिमा अत्यन्तै शालिन, भद्र र वैचारिक रुपमा खारिएको नेताको रुपमा जाजरकोटको राजनीतिक वृत्तमा उहाँको परिचय बनिसकेको छ ।

 

सम्बन्धित खबरहरु