काठमाडौं । बलिउड अभिनेता रणवीर कपुर र आलिया भट्टको विवाहको तयारी तिब्र रुपमा भइरहेको छ ।

रणवीर कपुरको मुम्बईस्थित कृष्णराज बंगलालाई बत्तीले सजाइएको छ । यो बहुतले भवनलाई सुनौलो र बैजनी बत्तीले सजाइएको छ ।

रणवीर र आलिया विवाहपछि यहाँ शिफ्ट हुने बताइएको छ । आलिया भट्टका काका रोबिन भट्टले बम्बे टाइम्सलाई भने, ‘आलिया र रणवीरको विवाह आरके हाउसमा भइरहेको छ, जहाँ ऋषि कपूर र नीतु कपूरको विवाह भएको थियो ।

मलाई याद छ कि म त्यो विवाहको एक हिस्सा थिएँ नीतुले भनेकी छिन् ।’ योसँगै आलिया र रणवीरले विवाहमा कुन डिजाइनरको लुगा लगाउने भन्ने विषयमा पनि चर्चा चलिरहेको छ ।

हालै रणवीर कपुरको घरबाहिर सब्यसाचीको झोला देखिएको थियो । सब्यसाचीको झोला बोकेर रणवीरको बान्द्रास्थित वास्तुस्थित घरमा ट्याक्सी आइपुग्यो ।

हालै आलियाले पहिलो पटक विवाहको खबरमा प्रतिक्रिया दिएकी छिन् । आलिया भट्टले एक इन्स्टाग्राम पोस्टमा कमेन्ट गरेकी हुन् । त्यसपछि विवाहको खबर पुष्टि हुने विश्वास गरिएको छ ।

सामग्री निर्माता निक लोटियाले आफ्नो इन्स्टाग्राममा कारको पछाडि खाली खुट्टा दौडिरहेको भिडियो पोस्ट गरेका थिए । उनी आलिया वेड्स रणवीर लेखेको कारका पछाडि भागेको भिडियो थियो ।

यो भिडियो पोस्ट गर्दै निकले लेखेका छन्, ‘म १७ अप्रिलमा ।’ रणवीर र आलिया करिब तीन–चार वर्षदेखि एकअर्कालाई डेट गरिरहेका छन् ।

लामो अफवाह पछि, दुबैले सन् २०१८ मा अभिनेत्री सोनम कपुरको रिसेप्शनमा सँगै प्रवेश लिएर आफ्नो सम्बन्धलाई एक किसिमले पुष्टी गरेका थिए । त्यसयता आलिया र रणवीरले आफ्नो सम्बन्धलाई लिएर खुलेर बोलेका छन् ।

 

सम्बन्धित खबरहरु