अमेरिका लाने भन्दै मानव तस्करहरुले ठगेपछि

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार १६ माघ, २०७१

काठमाडौं । संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिले छ महिनादेखि दुई वर्ष लगाएर जहाज तथा सडक मार्गको उपयोग गरी १७/१८ मुलुकमा सवारी साधनको जोखिमपूर्ण यात्रा गर्दै नेपाली युवाहरुलाई अमेरिका पुर्याउने कार्य रोक्न संसदको परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ । नेपालीहरु बर्षौ लगाएर लाखौ पैसा खर्च गरेर डुंगा, पानी जहाज, ट्रक, रेल, पैदल, तेलको ट्याङर, मालबाहक सवारी साधनबाट विभिन्न मुलुक हुदै अमेरिका प्रवेश गर्ने गरेका छन् । यात्राका क्रममा कतिपयको अमेरिका नपुग्दै मृत्यु हुने गरेको भन्दै यसमा मन्त्रालय गम्भिर हुन समितिले निर्देशन दिएको हो ।

समितिले ल्याटिन अमेरिका हुँदै संयुक्त राज्य अमेरिकासम्म गरिने मानब तस्करीबाट प्रभावित नेपालीको अवस्थाबारे जानकारीको लागि परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र कामु सचिव शंकरदास मैनालीलाई समितिमा विहिबार बोलाएको थियो । आजको कान्तिपुरमा समाचार छ ।

 

सम्बन्धित खबरहरु