नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले भारतका युवराज सिंह र इंग्लयान्डका पूर्वकप्तान एलिस्टर कुकसँगै क्रिकेट खेल्ने भएका छन् ।
इंग्ल्यान्डका पुरानो मेरिलेबन क्रिकेट क्लब (एमसिसी)ले दुर्बईमा हुने इमिरेट्स टी –२० क्रिकेट प्रतियोगितामा आफ्नो टोलीबाट युवराजले पनि खेल्ने पक्का गरेको हो । एमसिसीले बिहीबार प्रतियोगिताका लागि अन्तिम खेल १३ खेलाडीको नामावली सार्वजनिक गर्दा युवराजले पनि खेल्ने पक्का गरेको हो ।
एमसिसीले कप्तान पारस र कुकलाई यसअघि नै टोलीमा समावेश गरिसकेको छ । एमसिसीले प्रतियोगिताका लागि युवराजालाई अन्तिम खेलाडीको रुपमा समावेश गरिएको जनाएको छ,आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।