काठमाडौं,माघ १६ – सरकारले आवश्यक पूर्वाधारबिनै नेपाल प्रहरीमा १० हजार जनशक्ति थप्ने तयारी गरेको छ । भएका जनशक्तिलाई चाहिने भौतिक संरचना व्यवस्थित नगरी सरकारले मुलुकलाई दीर्घकालीन आर्थिक भारत पर्ने गरी ठूलो संख्यामा जनशक्ति थप्न लागेको हो ।

nepali police logo

गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार जनशक्ति थप्ने विषयमा सामान्य प्रशासन र अर्थ मन्त्रालयसँग छलफल चलिरहेको छ । ‘१० हजार प्रहरी थप्ने प्रस्ताव गरेका छौं’, उनले भने,‘आगामी आर्थिक वर्षबाट प्रस्ताव कार्यान्वयनमा लैजाने हाम्रो योजना हो ।’

६७ हजार ४८० जनशक्ति कार्यरत प्रहरीमा ७५ जिल्लाका २,३३५ मध्ये १,४३८ कार्यालयमा शौचलय छैनन् । भएका शौचालयको अवस्था पनि सरसफाइ र ढल निकास नहुँदा रोग फैलने त्रास छ । १४७३ कार्यालय ब्यारेकविहीन छन् । १,५०४ कार्यालमा मेस र भान्सागृह छैन । ९३८ कार्यालय भाडा तथा अन्य सरकारी निकायको जग्गा अतिक्रमण गरी सञ्चालित छन् । आजको कारोबार दैनिकमा खबर छ

सम्बन्धित खबरहरु