चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह निर्वाचनमा देशैभर आफ्नो सामर्थ्यले लड्ने बताउनुभएको छ ।

चितवनमा शुक्रबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अन्य पार्टीसँग औपचारिक रुपमा गठवन्धनबारे कुरा नचलाएको स्पष्ट पार्नुभयो ।

उहाँ अन्य पार्टीसँग पनि औपचारिक गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरेका छैनौँ, आफ्नै तागतले चुनाव लड्छौ भन्नुभयो ।

यस खालका कुराकानीहरु कुनै दलसँग पनि चलाएको छैन सायद हामी एक्लै लड्छौ, कसैले सहयोग मागेभने सहयोग लिने, दिनेपनि हुनसक्छ उहाँले बताउनुभयो ।

यसपालिको निर्वाचनमा राप्रपा देशैभर आफ्नो सामर्थ्यले लड्ने उहाँको भनाईं थियो ।

केही स्थानीय तहमा आवश्यकताअनुसार तालमेल भयो भने बेग्लै कुरा हो । हामीले स्थानीय तहलाई त्यसै छोड्दिने निर्णय गरेका छौँ उहाँको भनाई थियो ।

 

सम्बन्धित खबरहरु