काठमाडौ । नेपालपनि महंगीको मार पर्न थालेको छ ।

फलफूल, तरकारी जस्ता उपभोग्य बस्तु देश बाहिरबाट खरिद नगर्ने सरकारी निर्णयपछि बजारमा अभाव देखिन थालेको छ ।

अभावको मौका छोपेर व्यापारीहरुले मूल्य मनोमानी बढाएका छन् ।

यही मारमा परेर नेपाली बजारमा पाकेको केराको खुद्रा बिक्री मूल्य हालसम्मकै उच्च भएको छ ।

कालीमाटी तराकारी तथा फलफूल बजार विकास समितिकाअनुसार केही दिनयता प्रतिदर्जन पाकेको केराको थोक मूल्य १६० रुपैयाँसम्म पुगेको छ ।

खुद्रा बजारमा दर्जनमै करिब २०० रुपैयाँ नजिक पुग्न थालेको छ ।

केराको मूल्य सम्भवतः हालसम्मकै उच्च भएको बजार विकास समितिका सूचना अधिकारी बिनय श्रेष्ठले पुष्टि गर्नुभएको छ ।

थोकमै १६० रुपैयाँ पर्ने प्रतिदर्जन केराको मूल्य खुद्रामा भने अझै बढी हुने श्रेष्ठको भनाइ छ । पछिल्लो दुई सातादेखि केराको मूल्य बढी रहेकोछ ।

चैत दोस्रो सातासम्म प्रतिकिलो १२० रुपैयाँ दर्जन रहेको केराको मूल्य वैशाख २ गते १५० देखि १६० रुपैयाँ थोकमा मूल्य कायम भएको छ । यसअघि प्रतिगोटा १० रुपैयाँ पर्ने केराको मूल्य अब कोसामा साढे तीन रुपैयाँसम्म बढेको विकास समितिले जनाएको छ ।

नेपाल फलफूल थोक व्यवसायी संघ कुलेश्वरका अनुसार केराको मूल्य अझै महँगो हुनेछ । केरामा नेपाल भारतसँग निर्भर रहेको र भारतको आयात रोकिंदा नेपालमा मूल्य बढेको ब्यापारीहरुको भनाई छ ।

करिब डेढ महिना केरा आयातलाई १०० प्रशित नगद मार्जिनको व्यवस्था गरिए पनि चैत २१ पछि भने एलसी नै रोकिएको छ ।

बजारमा अहिले बिक्रीमा रहेको केरा यसअघिकै एलसीबाट आएको हुनाले अब नयाँ आयात रोकिंदा मूल्य मात्रै नभई बजारमा केराको अभाव हुने ब्यपारीहरुको भनाई छ ।

 

 

सम्बन्धित खबरहरु