काठमाडौ । छेपारो बलात्कार गरेको आरोपमा चार जना पक्राउ परेको छ ।

यो अनौठो घटना भारतको महाराष्ट्र स्थित रत्नगिरी जिल्लामा भएको हो ।

जंगली छेपारो बेङ्गल मनिटर लिजार्डको सामूहिक बलात्कार गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको खबर आएको छ ।

त्यहाँको स्थानीय प्रहरीका पक्राउ पर्नेहरूमा तुकाराम पवार, मंगेश कामटेकर, अक्षय कामटेकर र रमेश घाग रहेका छन् ।

इन्डिया टुडेकाअनुसार रत्नागिरीमा अवस्थित स्याद्री टाइगर रिजर्भमा अवैध सिकार गर्न गएका उनीहरूले जंगली छेपारोको सामूहिक बलात्कार गरेका हुन् ।

स्थानीय वन अधिकारीहरूले गत ३१ मार्चमा जंगलका विभिन्न स्थानमा जडित सिसिटिभी क्यामराको निरीक्षण गर्ने क्रममा उक्त घटना सार्वजनिक भएको हो ।

आरोपितहरु विरुद्ध आवश्यक कारबाही प्रक्रिया अघि बढेको इन्डिया टुडेले जनाएको छ । बेङ्गल मनिटर लिजार्ड छेपारो प्रजातिको एक स्तनधारी प्राणी हो ।

यो प्रजाति भारतीय उपमहादिप, दक्षिण पूर्वी एसिया र पश्चिम एसियाका केही स्थानहरूमा पाइने गर्छ भने भारतमा यसलाई आरक्षित प्राणीको सूचीमा राखिएको छ ।

 

सम्बन्धित खबरहरु