Dalमाघ १६, काठमाडौ । संविधानसभामा प्रश्नावली प्रस्ताव समिति गठन भएपछि बिपक्षी र सत्ताधारी दलबीच अवरुद्ध सम्वाद सुरु हुन अझै सकेका छैन । दलहरुबीचको सम्वाद सुरु नहुँदा प्रश्नाववली समितिको भोलिको बैठकलाई सहमतिमा बसाउने कुरा असम्भव देखिएको छ ।

दलहरुको आ-आफ्नै अडानले विवादित विषय सल्ट्याउने विधि र प्रक्रियाको टुंगो छेन । सत्ताधारी दलले बहुमतीय प्रक्रियामा जानका लागि गठन गरेको प्रश्नावली समिति बारेको निर्णय सच्याउनुपर्ने माग मोर्चाले गरेको छ । ४ दिन अघि गठन भएको प्रश्नावली प्रस्ताव समितिलाई सक्रिय बनाउँदै विपक्षी दलसँग सम्वाद गर्ने निर्णय काङ्ग्रेस–एमाले लगायत सरकार समर्थित दलले गरिसकेका छन् ।

काङ्ग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्का विपक्षीलाई ल्याउन अनौपचारीक छलफल भइरहेको बताए । उनले अनौपचारिक रुपमा विपक्षीसँग छलफल भइरहेको तर प्रस्ताव समिति गठनको निर्णय सच्याउन नसकिने बताए । सत्ताधारी दलले विपक्षी मोर्चासँगको वार्ता गर्न प्रधानमन्त्री सुशील कोइलालाई जिम्मा दिए पनि विपक्षी मोर्चासँग औपचारिक छलफल हुन सकेको छैन ।

सम्बन्धित खबरहरु