काठमाडौ । खोटाङमा आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन नेकपा एमाले जिल्ला कमिटी खोटाङले कार्यदल गठन गरेको छ ।

शनिबार जिल्ला सचिवालय कमिटीको बैठकले स्थानीय तहको उम्मेदवार चयन गर्न जिल्ला इन्चार्ज विशाल भट्टराईको नेतृत्वमा कार्यदल गठन गरेको हो ।

कार्यदलमा सहइन्चार्ज उषाकला राई, जिल्ला अध्यक्ष रामप्रसाद दंगाल लगायत पदाधिकारी रहेको जिल्ला सचिव कुमार आचार्यले जानकारी दिनुभयो ।

गएको २०७४ को निर्वाचनमा खोटाङको १० मध्ये एमालेले ५ स्थानीय तह जितेको थियो ।

अहिलेपनि आफूले जितेका र थप अरु पालिकामा जित सुनिश्चित गर्न सर्वसम्मत रुपमा उम्मेदवार टुंगो लगाउने कसरत एमालेको छ ।

पालिका कमिटीबाट आएका नामावली र आकांक्षीहरुका सम्बन्धमा छलफल गरेर अर्को उम्मेदवारलाई सहयोग गर्छु भन्ने अवस्थामा उहाँहरुका नाम फिर्ता लिन लगाएर सर्वसम्मतमा उम्मेदवार चयन गर्ने रणनीति अहिले एमालेको छ ।

सम्बन्धित खबरहरु