काठमाडौं । रुस–युक्रेन युद्धको बीचमा एउटा अचम्मको खबर बाहिर आएको छ ।

त्यहाँ भ्लादिमिर पुटिनका सिपाहीहरूले २३ वर्षीया युक्रेनी महिला करिना येर्शोभालाई बलात्कार गरेका छन् ।

त्यसपछि उनको टाउकोमा गोली हाने । छोरीको शरीरभर दाग लागेको र आँखा आँसुले भरिएको उनका अभिभावकले बताए ।

रुसी सैनिकको यातनाका कारण छोरीको शव विकृत अवस्थामा फेला परेको बाबुले दाबी गरेका छन् । उनको औँलाको नङ पनि थिएन् ।

युक्रेनकी प्रथम महिला तथा राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीकी पत्नी ओलेना जेलेन्स्काले युद्धमा महिलाको दुर्दशाको वर्णन गरेकी छिन् । द्वन्द्वका बीचमा महिलाको अवस्था नाजुक बन्दै गएको उनले बताइन् ।

ती महिलाका ४० वर्षीय बुबा एन्ड्रे डेरेन्कोले रुसी सैनिकले आफूमाथि निर्ममता गरेको बताए । उनीहरूसँग लड्न सक्दो प्रयास गरे पनि छोरीले आफूलाई बचाउन नसकेको उनले बताएका छन् ।

युक्रेनको बुचा सहरमा यी महिलाको शव फेला परेको थियो । रुसी सेनाले बुचा सहरमा नरसंहार गरेको आरोप लाग्दै आएको छ ।

रुसी सेना फिर्ता भएपछि सहरबाट ४०० शव फेला परेको दाबी गरिएको छ । ती शव सडक, भवन र सामूहिक चिहानमा भेटिएका हुन् ।

युवतीका बुवाका अनुसार रुसी सेनाले उनकी छोरीको टाउकोमा गोली हान्यो । जसकारण उनको टाउकोको आधा भाग गायब भयो । परिवारले आफ्नी छोरीको बिला त्सेर्क्वा सहरमा अन्त्येष्टि समारोह आयोजना गरेको थियो । एक्ली छोरीको कफिन देखेर आमा बेहोस भइन् ।

त्यहाँ उपस्थित परिवारका अन्य सदस्यले आमाको हेरचाह र अन्तिम संस्कार गरेका छन् । आमाले छोरीको क्षतविक्षत शव हेर्न कफिन खोल्न आग्रह गरिरहेकी थिइन् तर परिवारका सदस्यले त्यसो गर्न मानेनन् ।

महिलाका बुवाले भने, ‘हामीले उनको शवको पोष्टमार्टम गरेका छैनौं, माथिल्लो भाग मात्रै देखेका छौं, तर माथि के देख्यौं । उनको बाँकी शरीरलाई के हुन सक्छ हामी कल्पना मात्र गर्न सक्छौं ।

उनी यति नराम्ररी जलेकी थिइन् कि उनको हातको हड्डी समेत देखिन्थ्यो । तर, हातमा लगाएको चाँदीको औंठी भने यथावत नै थियो । उनको अनुहारमा आँसु र घाउहरू थिए ।’

महिलाको परिवार पूर्वी युक्रेनको डोनेट्स्क क्षेत्रका थिए । तर, २०१४ मा मस्को समर्थक पृथकतावादी र युक्रेनी सेनाबीचको युद्धका कारण उनी डोनेट्स्क छोडेर बुचामा बसाइ सरेकी थिइन् । रुसी भाषी परिवारका अनुसार उनीहरू अब रूसलाई घृणा गर्छन् किनभने भ्लादिमिर पुटिनको शासनले उनीहरूको जीवन दुई पटक बर्बाद गरेको छ ।

युद्ध हुँदा २.६५ लाख युक्रेनी महिला गर्भवती भएका थिए । तीमध्ये आगामी तीन महिनामा ८० हजार बालबालिकाको जन्म हुने भएको छ । चिसो, जीर्ण भुईं वा भीडभाड हुने सबवे स्टेशनमा गर्भवती महिलालाई सुत्केरी गराउन बाध्य भइरहेका छन् ।

युक्रेन अब यस्ता मुद्दालाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने योजना बनाइरहेको छ । युक्रेनमा मानवअधिकार अधिकारी ल्युडमिला डेनिसोभाले आफूले त्यस्ता घटनाहरूको सूची बनाइरहेको बताइन् । लुडमिलाले बुचामा १४ देखि २४ वर्ष उमेरका २५ भन्दा बढी केटी र महिलामाथि निर्ममतापूर्वक अत्याचार भएको बताइन् । जसमध्ये ९ जना महिला गर्भवती छन् ।

युक्रेनबाट आफ्नो ज्यान जोगाएर अन्य देशमा शरण लिएका महिला र केटीहरूमाथि हिंसाका घटनाहरू पनि भइरहेका छन्। रुसले आक्रमण गरेपछि युक्रेनबाट ४० लाखभन्दा बढी मानिस भागेका छन् ।

जसमध्ये अधिकांश महिला र बालबालिका रहेका छन् । अहिले युक्रेनी शरणार्थी बालबालिका तथा महिलाहरु बेचबिखन र यौन दुव्र्यवहारको सिकार भइरहेका छन् ।

जनबोली | जनबोली न्यूज नेटवर्क प्रा. लि.
थप समाचारका लागि हाम्रो वेबसाइट
https://www.janaboli.com/

पेज लाईक गरेर हाम्रा हरेक अपडेट फेसबुकमा हेर्न
https://www.facebook.com/janabolioffical मा थिचेर Likes बटममा क्लिकसँगै Following मा क्लिक गरेर See First बटममा क्लिक गर्नुहोस् ।

यससँग सम्बन्धित वा अन्य रोचक र जानकारी मुलक भिडियोहरु हेर्न हाम्रो च्यानल https://www.youtube.com/c/Janaboli मा क्लिक गर्नुहोस् । अपलोड हुनासाथ भिडियो नोटिफिकेशनमा ल्याउन channel subscribe मा क्लिक गरेर नजिकै रहेको bell icon मा थिच्नुहोस् ।

सम्बन्धित खबरहरु