Kamal-Thapa-Raprapa-Nepalमाघ १६, काठमाडौ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले दिगो र चिरस्थायी संविधान निर्माण गर्न जनताको प्रत्यक्ष अभिमत लिनुपर्नेमा जोड दिएका छन्।

उनले संविधान निर्माणका क्रममा देखिएका विवादित विषयको छिनोफानो जनमत सङ्ग्रहबाट भए सबैलाई स्वीकार्य हुने र त्यो नै उच्चतम प्रजातान्त्रिक अभ्यास हुने बताए।

पार्टीको केन्द्रीय कार्यक्रम ‘हरेक वडामा राप्रपा नेपाल हरेक क्षेत्रमा राप्रपा नेपाल’ अन्तर्गत मकवानपुर जिल्लाको हेटौँडामा भएको अगुवा कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष थापाले मुलुकको राष्ट्रिय राजनीतिमा राप्रपा नेपालले एउटा धारको नेतृत्व गर्ने उल्लेख गरे

सम्बन्धित खबरहरु